नक्कली विहे गरेर अस्ट्रेलिया पुगेको नेपाली जोडीको सेक्स भिडियो पोर्नसाइटमा

1178

झगडापछि पे्रमीले नै हालेका हुन् इन्टरनेटमा आफ्नो गोप्य भिडियो 

काठमाडौं, १८ साउन–प्लस टुको कक्षा पूरा नगर्दै आजभोली नेपाली युवायुवती विदेश जाने सपना देख्छन् । ती देशमा गएपछि सबै कुरा बिन्दास हुन्छ भन्ने सोच यसवामा छ । त्यसकारण विदेश जानका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् ।

नवलपरासीका युवराज अधिकारी र दाङका विन्दु शर्मा पनि विदेशको सपना देख्ने जोडी थिए । युवराजको अष्ट्रेलियाको भिषा लाग्यो । त्यसपछि उनीहरुले विहे गरेको नक्कली कागजपत्र बनाएर, सोही आधारमा दुवै जना अष्ट्रेलिया गए । अष्ट्रेलियामा कलेज भर्ना भएर पढ्न थाले ।

प्रेमिकालाई डिपेन्डेन्ट भिषामा लिएर अष्ट्रेलिया गएका थिए । तर, अष्ट्रेलिया गएको ३र४ महिनादेखि नै दुवैको जीवनमा अँध्यारा दिन सुरु भए । र, अहिले दुवै जना नेपालकै प्रहरीको हिरासतमा छन् ।

अष्ट्रेलियामा पुगेर उनीहरसँगै श्रीमान श्रीमतीजस्तै बसे । तर छोटो अवधिमै उनीहरुको प्रेमसम्बन्ध शत्रुतामा बदलियो । नियमित झगडा हुन थालेपछि बिन्दु साथीसँग बस्न थालिन् । युवराजले उनको समेत पासपोर्ट लिएर नेपाल आउ ।

केही समयपछि युवराज फेरी अष्ट्रेलिया गए । आफूबाट गल्ती भएको भन्दै बिन्दुलाई फकाए । फेरी दुवै जना सँगै बस्न थाले । तर फेरी केही समयमै उनीहरुबीच झगडा सुरु भयो ।

जुन झगडाले प्रहरी केस नै भयो । युवराजलाई अष्ट्रेलियन प्रहरीले नेपाल डिपोर्ट गरिदियो । बिन्दुको कारण आफू अष्ट्रेलियाबाट फर्कनु परेको भन्दै उनी क्रुद्व भए । बिन्दुसँग खिचेको गोप्य भिडियो पोर्नसाइटमा हालिदिए ।

नक्कली फेसबुक आईडी बनाएर फेसबुकमा सेयर पनि गरे । सुरुमा बिन्दुले धम्क्याएपछि उनले हटाएका थिए ।

तीन महिना अघि उनले उक्त भिडियो इन्टरनेटमा राखे । उनले थाहा पाएपछि नेपाल आएर महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिइन् । महाशाखाले युवराजलाई गत जेठ २३ गते पक्राउ गर्यो ।

विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाइयो । अदालतले धरौटी माग्यो, धरौटी नतिरी उनी केन्द्रीय कारागार गए ।

 

आजको दृष्टि साप्ताहिकमा खबर छ ।