ट्रम्प राष्ट्रपतिका लागि योग्य छैनन्: ओबामा

    106

    वासिङ्गटन, साउन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको लागि योग्य नभएको दाबी गरेका छन् ।

    रिपब्लिकन पार्टीले ट्रम्पको समर्थन गरेकोमा उनले प्रश्न गरेका हुन् । विश्वकै शक्तिशाली पद ओगट्न तयार भएका ट्रम्प त्यसका लागि लायक नभएको ओबामाले बताएका हुन्भ ।

    विगतका रिपब्लिकन पार्टीका अन्य राष्ट्रपति वा उम्मेदवारसँग नितीगतरुपमा मत भिन्नता रहेतापनि राष्ट्रपतिको पद नै सम्हाल्न अयोग्ग ठान्ने नगरेको ओबामाले बताएका छन् । एजेन्सी