नेविसंघ महाधिवेशनको तयारी अन्तिम चरणमा

350

वीरगञ्ज, साउन – नेपाली कांग्रेस समर्थित बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन आगामी साउन २३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुनेछ ।

नेबिसंघले जारी गरेको बिज्ञप्तिमा आगामी २३ गते १ बजे पार्टी सभापति शेरबहादुर देउवादे उदघाटन गर्ने महाधिवेशनको तयारी करीव सकिएको छ ।

देशभरबाट ३४ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने नेविसंघले जानकारी दिएको छ । ६४ जिल्लाको प्रतिनिधिको नामावली यसअघि नै पारित भएपछि विवादित ११ जिल्लामा प्रतिनिधि चयन गरी बुधबारै बुझाइने र निर्वाचन समितिलाई जिम्मा लगाइनेछ ।

महाधिवेशनका लागि १ करोड ७८ लाख ८० हजार खर्च हुने अनुमान नेविसंघले गरेको छ । पार्टी एकीकरणपनि पहिलो पटक नेविसंघको महाधिवेशन हुन लागेको हो ।