बाबुरामले दिए प्रचण्डलाइ बधाई

160

काठमाडौं, साउन – नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाइ बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् ।

भट्टराईले ट्विटरमा, ‘पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाइ तथा कार्यकालको पूर्ण सफलताको कामना!’ लेखेका थिए ।

डा. भट्टराईले गत असोज ९ मा एमाओवादी त्याग गरेका थिए र देशमा आर्थिक राजनीतिका लागि नयाँ शक्तिको निर्माण गरेका थिए ।