लोडसेडिङ आझै एक साता नियमित नहुने

164

वीरगञ्ज, साउन – नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले बिजलीको सहज आपूर्ति आझै अक् साता नहुने बताएको छ ।

डिभिजनल इन्जिनियर चुटुन श्रीवास्तवले कालीगण्डकी, त्रिशूली, मस्यार्ङदी विद्युत् परियोजनामा बढिले क्षिति पुर्याएको कारण मरम्मत सम्भार कार्य भाइरहेको हुँदा आगामी एक सातासम्म लोडसेडिङ तालिका अनुसार विद्युत् वितरण गर्न नसकिने बताएका छन ।

उनले परियोजनामा क्षति पुर्याएको र मरम्मत कार्य भाइरहेको हुँदा हाल दैनिक लोडसेडिङ तालिका अनसार ९ घण्टा हुनुपर्ने १५ घण्टा र सोभन्दा बढि भइरहेको बताए ।

परियोजनामा पानिको बाहाव कम भएको खण्डमा मरम्मत सम्भार कार्य तत्काल गर्न सकिने अन्यथा पानीको बाहाव पुन: बढेको खण्डमा एक साताभन्दा बढि पनि समय लागन सकने उनले बताए ।

आजको प्रतीक दैनिकमा सामाचार छ ।