वीरगञ्ज, साउन-

शेयरको बजार मूल्य घट्नु र बढ्नु नियमित प्रकृया हो । यस नियमलाई कोही कसैले परिवर्तन गर्न सक्दैन । तथापी हामी कहाँ बजार बढ्दा चिच्चाउने र अनि बजार घट्दा कानमा तेल हालेर निदाउने नानीदेखि कै बानी हो ।

शेयर बजार लगालग ६ दिन घटेर सुचक ११३ अंक तल आएपछि लगानीकर्ताहरु आत्तिन थालेका छन् । यस्तो अवस्थामा उनीहरुले घट्दो बजारका बारेमा चर्चा गर्न थालेका छन् ।

बजारमा शेयर मूल्य घटेका कम्पनीको ब्यबसाय पनि घटेको छैन बरु बर्ष भरि मेहनत गरेको फल खाने बेला पो भएको छ । आज पनि बचत खाताको वार्षिक २५ को ब्याजदर भन्दा त राम्रा शेयरमा गरिएको लगानीको प्रतिफल तीन गुणा बढी छ ।
कारोबारको सुरुवाती दिन आईतबारदेखी निरन्तर ओरालो लागेको शेयर बजारले यो हप्ताको एक दिन पनि नबढेको बताएको छ ।