हिमालयन र नबिल बैंकको एटिमबाट पैसा झिक्ने पक्राउ

90

वीरगञ्ज, साउन-

एटिम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने विदेशी नागरिकलाई पक्राउ गरिएको छ । रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट पक्राउ गरेको छ । अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर उनले पैसा निकाल्दै आएका थिए ।

साउन १७ गते लाजिम्पाटको एटिम बुथमा प्रवेश गरेका उनको सिसिटिभी फुटेजको हुलियाका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा सिआइबी टोलीले उनलाई पक्राउ गरेको हो । ४९ वर्षीय प्रेडा बस्ने होटलको कोठामा खानतलासी गर्दा प्रहरीले २ लाख ६४ हजार नेपाली रुपैयाँ, ल्यापटप एक थान, मोबाइल २ थान, गिफ्ट कार्ड, पासपोर्ट तथा आइडी कार्ड बरामद गरेको छ ।

पक्राउ विदेशी नागरिकलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।