गणतन्त्र संस्थागत गर्नमात्र संविधानमा हस्ताक्षर गरेको हुँ : भट्टराई

174

झापा – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान गणतन्त्रलाई संस्थागत गर्नका लागि आफूले संविधान अपूर्ण हुँदा हुँदै पनि हस्ताक्षर गरेको बताए।

शनिबार झापाको बिर्तामोडमा प्रेस क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने ‘गणतन्त्रलाई संस्थागत गर्न मात्र संविधानमा हस्ताक्षर गरेको हुँ।’ संविधानले संस्थागत गरेको संसदीय व्यवस्थाले अस्थिरतामात्र बढाउने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नभएसम्म आर्थिक समृद्धि हुन नसक्ने बताए।

पूर्व प्रधानमन्त्री भट्टराईले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री भएको दिनदेखि नै दिनगन्ती शुरु भएको बताएका छन्।

उनले प्रचण्डले अहिलेको परिस्थितिमा मुलुकको विकास गर्न नसक्ने दावी गरे। भट्टराईले मुलुकको पहिलो आवश्यकता विकास र समृद्धि भएको बताउदै सत्ताको फोहोरी खेलले देशको विकास नहुने बताए।