पर्साको जिशिकाद्वारा झोले विद्यालयलाई लाखौं भुक्तानी

158

वीरगंज – जिल्ला शिक्षा कार्यालय, पर्साले धोबिनी गाविसमा बन्द रहेको मदर्साको नाममा लाखौं रकम निकासा गरेको प्रमाण फेला परेको छ । धोबिनी गाविस–८ जगरनाथपुर टोलमा रहेको इस्लामियाँ एजाहुल–उलुमको नाममा जिशिका पर्साले बर्सेनि विभिन्न शीर्षकमा रकम निकासा गरेपछि स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय, पर्सामा उजुरी दिएपछि समाचार प्रकाशमा आएको हो ।

गत आव २०७२र७३ मा जिशिका, पर्साले आधारभूत धार्मिक विद्यालयहरूलाई अनुदान सहयोग ९मदर्सा० १ लाख ६८ हजार, विद्यालय, कर्मचारी व्यवस्थापनमा २८ हजार, शौचालय मरम्मत अनुदानमा ५० हजार, विद्यालय क्रियाकलाप सुधार प्राविमा ८ हजार ५५०, छात्रछात्रावृत्ति २२ हजार ८ सय, विद्यालय निरन्तर मूल्याड्ढन सुदृढीकरण अभियानबापत २६ हजार, निश्शुल्क पाठ्यपुस्तकबापत ४७ हजार ९ सय ८० गरी २ लाख ८७ हजार ४६० रकम निकासा गरेको देखिन्छ ।

त्यसैगरी आव २०७१र७२ मा १ लाख ९२ हजार ७९९ रुपैयाँ निकासा गरेको देखिन्छ । गाविसमा कुनै विद्यालय नरहेको स्थानीय आवास मियाँले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरूको मिलेमतोमा बर्सेनि रकम निकासा हुँदै आइरहेको उनले बताए । सो विषयमा पटकपटक जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि कारबाइ प्रक्रिया अघि नबढेको मियाँको आरोप छ ।

मदर्साका अध्यक्ष जुबैर मियाँले नक्कली मदर्सासँगै नक्कली शिक्षक पनि नियुक्त गरी रकम निकासा गरेको बताए । सो गाउँमा लामो समयदेखि भारतीय नागरिक युसुफ शाह देवान ९मौल्वी०लाई नक्कली शिक्षक बनाएको उजुरीमा उल्लेख छ । मौल्वीसँग सम्पर्क गर्दा आफूले विद्यालयसँग एक पैसा नलिएको दाबी गरे । उनले आफूले गाउँमा ट्युसन पढाउँदै आएको र विद्यार्थीहरूले दिएको महिनावारीबाट गुजारा गरिरहेको बताए ।

विद्यालयका अध्यक्ष जुबैर मियाँले निकासा भएको रकम मदर्सामा खर्च भएको बताउँछन् । गाउँमा विवाद बढेपछि गर्मी बिदाको कारण सम्पूर्ण विद्यालय बन्द रहेको अवस्थामा अध्यक्ष जुबैरले विद्यार्थीहरूको घरघरमा पुगी बिहीवार पुस्तक वितरण गरेको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।

आजको प्रतीक दैनिकमा समाचार छ ।