विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा सयकडौं प्रवशे

253

वीरगन्ज – संघीय समाजवादी फोरम (नेपाल) पर्साका अध्यक्ष प्रदिप यादवले काग्रेस, माओवादी केन्द्र र मोर्चा बीच भएको सहमतीको विरोध गर्ने एमालेका पार्टीका नन्दी/भ्रीङ्गीहरुलाई सरकार र मोर्चा बीच भएको तीन बुन्दे सहतीले कडा जवाब दिएको टिप्पनी गर्नु भएको छ । संघीय समाजवादी फोरम नेपाल वीरगन्ज नगर कार्य समितिले शनिबार वीरगन्जको मुर्लीमा अयोजना गरेको वडा इकाई कमिटि विस्तार तथा पार्टी प्रवेश कार्याक्रममालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसीलाई अधिकार सम्पन्न देख्न नचाहने एमालेका चाटुकारहरुले सहमतीलाई गलत व्याख्या गर्दै भ्रमको खेती गरेको आरोप लगाउनु भयो ।

उहाँले तेस्रो मधेस आन्दोलनको क्रममा तीन हजार सात सय भन्दा बढी घाइते भएपनि १९ जनालाई मात्र आन्सिक उपचार खर्च दिने ओली सरकारका चाटुकारहरुले मधेसी जनतालाई पुरै उपचार खर्च उपलब्ध गराएको झुठा हौवा फिजाएको बताउनु भयो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई शहिद घोषा गर्ने गरेको निर्णय सराहनिय रहेको बताउदै अधिकारका लागि सड्क संघर्षमा उत्रीएका मधेसी जनतालाई ग्रैर न्यायिक हत्या गर्ने सुरक्षा अधकारीलाई छाविन गरी कार्यवाही गर्ने सरकारको निर्णयले मधेसी जनताको आलो घाउमा मरहमको काम गरेको जिकिर गर्नु भयो । उहाँले आन्दोलनमा दमन गर्ने अधिकारीलाई सरकारले कार्यवाही गर्ने निर्णय गरेपछि एमाले भित्रर हेको पुसिलका दलालहरुमा रुवावासि सुरु भएको बताउनु भयो ।

फोरम नेपालका जिल्ला सदस्य नेक महम्मद अंसारीको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रम्मा काँग्रेस, एमाले , माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेकाहरुलाई जिल्ला अध्यक्ष यादव लगायतका नेताहरुले फुलको माला र अविरको टिका लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

सो अवसरमा मुर्ली निवासी अनवर अली, साविद मियाँ अंसारी, नेसार अंसारी, मेहदी हसन अंसारी, सकुप अंसारी, सलाउदिन अंसारी, जावेद अंसारी, मुख्तार अंसारी, सलिम अंसारी, अक्रम अंसारी, फुल महम्मद अंसारी, पपु श्रीवास्तव,जफर अहमद ,युनिस अंसारी, हेफाजत अंसारी, जितेन्द्र महतो लगायतकाले पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता सलाउदिन अहम्मदले जानकारी दिनुभयो ।
कार्यक्रममा फोरम नेपालकी नेतृ करिमा बेगम, केन्द्रिय सदस्य विरेन्द्र यादव, मुस्लिम फोरमका केन्द्रिय अध्यक्ष मौलान नुरुल होदा, जिल्ला कार्या समितिका प्रवक्ता सलाउदिन अहमद, नगर अध्यक्ष राजुदिन बाबु, जिल्ला सदस्य ज्योति अंसारी,रुपेश यादव, युवाका केन्द्रिय सदस्य नासिर खाँ, कासिम अंसारी लगायतको उपस्थित रहेको थियो ।

यसै बीच शनिबार सम्पन्न कार्यक्रममा सलाउदिन अंसारीको अध्यक्षतामा २३ सदस्यि वडा इकाइ कमिटि गठन भएको छ । नवगठित वडा इकाई कमिटिको उपाध्यक्षमा घन्श्याम गुप्ता, सचिवमा अकबर अंसारी, सह–सचिवमा हैदर अंसारी, कोषाध्यक्षमा सुजित मण्डल, सदस्यहरुमा इशलाम हवारी, मुस्तकिम हवारी, तन्जुर हवारी, फुल महम्मद अंसारी, भोला साह कानु, नुर हवारी, असगर अंसारी, फिरोज अंसारी, समिति अख्तर, हविव अंसारी, हृदेश तिवारी, बच्चा हवारी, युनिश अंसारी, अनिल सहनी, समिर मंसुरी, बदरु मंसुरी लगायत रहेको पार्टीले जनाएको छ ।