१७ बर्षपछि श्रीलंकाद्वारा अस्ट्रेलिया टेष्ट सिरिजमा पराजित

577

काठमाडौँ – श्रीलंका भ्रमणमा रहेको अस्ट्रेलिया क्रिकेट टिमले १७ बर्षमा श्रीलंकासँग टेष्ट सिरिज गुमाएको छ । दोस्रो टेस्टको तेस्रो दिन श्रीलंकाले अस्ट्रेलियालाई २२९ रनले पराजित गर्दै दोस्रो टेस्टमा जित हात पारे सँगै हाल जारी ३ टेस्ट खेलको सिरिज २-० ले जितेको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले पहिलो इनिंगमा २८१ रन वनाएको थियो भने अस्ट्रेलिया पहिलो इनिंगमा १०६ रनमा नै अलआउट भएको थियो । पहिलो इनिंगको १७५ रन अग्रतालाई निरन्तरता दिदै श्रीलंकाले दोसो इनिंगमा २८७ रन जोड्दै अलआउट भए पछि अस्ट्रेलियाले ४१३ रनको लक्ष्य पाएको थियो । ४१३ रनको लक्ष्य पछ्याउदै अस्ट्रेलियाको पुरा टिम खेलको तेस्रो दिनमा नै १८३ रन मा अलआउट बह्ये पछि श्रीलंकाले खेल २२९ रनले जितेको हो ।

उत्कृष्ट प्रदर्शन गर्ने क्रममा श्रीलंकाका बलर दिल्रुवन पारेराले दुई इनिंगमा १० विकेट लिएका थिए भने रंगना हेराथले ह्याट्रिक सहित यो खेलमा कुल ६ विकेट लिएका थिए । कुल १० विकेट लिएका पारेरा खेलको म्यान अफ द म्याच भएका छन् । सिरिजको अन्तिम टेष्ट खेल अगष्ट १३ शनिबार देखि कोलम्बोमा हुने छ ।