प्रसुती सेवाको ६३ लाख अपचलन गरेको मेडिकल कलेजका अध्यक्ष र प्रबन्ध निर्देशकले गाउँमा बनाए ४८ लाखको मन्दिर

2335

वीरगञ्ज, साउन – आमा सुरक्षा कार्यक्रममा अनियमित रुपमा भूक्तानी लिएका नेशनल मेडिकल कलेजका सञ्चालकहरुले आफ्नै गाउँमा लाखौ रुपैयाँ खर्चेर शंकर भगवानको मन्दिर बनाएका छन् । प्रसुती सेवा लिनेहरुको अधिकार मासेर लिएको रकमले मन्दिर बनाएर पूण्य कमाउन खोजेको टिप्पणी हुन थालेको छ । प्रसुती सेवा लिने आमाका लागि राज्यले दिएको सुविधा अपचलन गरेर कमाएको पैसाले उनीहरुको आफ्नो गाउँ प्रसौनीमा ४८ लाखको लागतमा मन्दीर बनाएका हुन । मन्दिर बनाए बापत उनीहरुलाई स्थानीयले हात्तीमा चढाएर घुमाएका छन् ।

आमाहरुको रक्षाका निम्त राज्यले दिएको सुविधा अपचलन गर्नेहरुले मन्दिर र मस्जिद निर्माण गरेर सामाजीक प्रतिष्ठा हासील गर्न ललायीत रहेको बुद्धिजीवीहरुले तर्क गरेका छन् । आमा सुरक्षा कार्यक्रम अन्र्तगत नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा प्रसुती सेवा लिनेहरुले चर्को मूल्य तिर्नु परेको कुरा हालै सार्वजनीक भएको थियो । आमा सुरक्षा कार्यक्रमको निर्देशीका अनुसार सरकारी अस्पतालमा सुत्केरी गराउन जाने महिलालाई निःशुल्क उपचार र यातायात भाडा उपलब्ध गराइन्छ । यसमा शल्यक्रिया, औषधि लगायतका सबै सेवा पूर्ण निःशुल्क हुन्छन् ।

यातायात भाडा अन्तर्गत तराईमा ५ सय, पहाडमा एक हजार र हिमाली जिल्लामा १ हजार ५ रुपैयाँ दिइन्छ । देशमा बढ्दै गएको मातृ मृत्युदरमा कमी गर्न भन्दै सरकारले २०६५ देखि निर्देशिका नै बनाएर आमा सुरक्षा कार्यक्रम लागू गरेको हो । ०६५ मा प्रत्येक एक लाख आमा सुत्केरी हुँदा एक सय ७० महिलाले ज्यान गुमाउनुपरेको थियो । यो डरलाग्दो अवस्था कम गर्न सरकारले ०६५ देखि आमा सुरक्षा कार्यक्रम ल्याएको हो । सुरुमा सरकारी अस्पतालमा मात्रै उपलब्ध यो सेवा ०६६ देखि केही निजी अस्पताल र मेडिकल कलेजबाट पनि सञ्चालनमा ल्याइयो । यो सेवा उपलब्ध गराएबापत निजी अस्पताल र मेडिकल कलेजलाई पनि सरकारले पैसा दिने गरेको छ । गत आर्थिक वर्षमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साबाट १ हजार ८ सय १७ प्रसुतीलाई निशुल्क सेवा दिएको विवरण पेस गरी ७२ लाख २७ हजार ५ सय रुपैयाँ भुक्तानी लिएको छ । प्रसुती सेवा निशुल्क भनिएपनि अस्पतालले चर्को मूल्य लिएको उजागर भएको छ ।

‘आमा सुरक्षा कार्यक्रम’ लिएका अस्पताल वा मेडिकल कलेजले सरकारसँग सामान्य प्रसूति सेवा दिएमा एक हजार पाँच सय, जटिलतायुक्त प्रसूति सेवा दिएमा तीन हजार र अपरेसन गरेर प्रसूतिसेवा दिएमा सात हजार रुपैयाँ पाउँछन् । त्योबाहेक प्रत्येक सुत्केरी डिस्चार्ज भएर घर फर्कने समयमा यातायात खर्चबापत एक हजार रुपैयाँ सरकारले दिने गरेको छ । सरकारले वीरगञ्जको नेशनल मेडिकल कलेजलाई आमा सुरक्षा कार्यक्रम संचालन गर्न इजाजत दिएको छ । त्यो बापत नै मेडिकल कलेजले जिल्ला जनस्वास्थ्य कार्यालयबाट भूक्तानी लिदै आएको छ ।

नेशनल मेडिकल कलेज वीरगञ्जले गत चैत्र ६ गते बाराको रामबनकी सुमित्रादेवीको प्रसुती सेवा अन्र्तगत शल्यक्रिया ग¥यो । त्यो बापत उसले ४० हजार रुपैयाँ उनीसँग भूक्तानी त लियो नै उनलाई नै आमा सुरक्षा कार्यक्रम अन्र्तगत सेवा दिएको देखाउदै जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा बाट पनि भूक्तानी लियो ।चैत्र ४ गते रौतहटको भवानीपुर ५ की अन्जु सहनीसंग ३२ हजार रुपैया असुल्यो । असार ३ गते कलैया २२ की हेमादेवीसंग १२ हजार ५ रुपैया लियो ।

तर यि सबै महिलाको आमा सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुती सेवा लिएको बिवरण जिल्ला जनस्वास्थ्यमा पेश गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनायो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले कार्यक्रम संचालन गर्ने अस्पतालले निशुल्क उपचार गर्नु पर्ने बताउदै आएको छ । दुई चार हजार घुस खाने सानो तहका कर्मचारीहरु समात्दै हिडने अख्तियारल महिलाको स्वास्थ्यसंग जोडिएको बिषयमा भएका अनियमिताको छानवीन गर्न जाँगर नदेखाएको प्रति पनि आम मान्छेले टिप्पणी गर्न थालेका छन् ।