प्रहरी सहायक निरीक्षक पदमा जागिर खुल्यो

89

काठमाडौं, साउन –

नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायक निरीक्षक माग गरेको हो । आज एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्रहरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो ।

दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ । असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस–टु वा सो सरह उतीर्ण गरेकाले आवदेन दिन सक्नेछन् ।