गाँजा जोगाउन गएका मोहमजानको हत्या

350

बीरगंज, साउन
पर्सा बन्य जन्तु आरक्षको रामभौरी भाठा भन्दा ५ कि.मी उत्तर जलपाई भन्ने ठाउमा मंगलवार एक युवाको शव फेला परेको छ ।

गएको शनिवार देखी परिवारको सम्र्पकमा नआएका सोनवर्षा गाविसको वडा ७ बैरिययाका ३६वर्षिय मोहमजान मिया अन्सारीको शव फेला परेको हो । उनको शव परिक्षणकालागि बीरगंजको नारायाणी उपक्षेत्रीय अस्पताल बीरगंजमा राखिएको छ । पर्सा बन्यजन्तु आरक्षको सीमा भन्दा १३ कि.मी भित्र सुनसान जंगलमा उनको शव फेला परेको हो । उनको पेटमा गोलीलागेको स्थानीयले बताएका छन । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पर्साका एसपी राजुबाबु श्रेष्ठले बताए । पेटमा प्वालहरु देखिएका छन उनले भने केले प्वाल पारेको हो भन्ने कुरा पोस्टमार्टम पछि मात्र खुल्छ ।

पर्सा बन्यजन्तु आरक्षका वार्डेन युवराज घिमिरेले आरक्ष क्षेत्रमा आरक्षको सुरक्षाकालागि खटिएको नेपाली सेनाको तर्फबाट गोली नचले प्रष्ट पारेका छन । मकवानपुर क्षेत्रमा उत्पादीत गाँजा पर्सामा ल्याउनकालागि भरियाहरुले प्रयोग गर्ने बाटोमा शव फेला परेको हुनाले गाँजा ल्याउने र गाँजा लुटनेहरुवीचको झडमा उनको ज्यान गएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन । शनिवार नै सोनवर्षाकै केही गाँजा तस्करले भरिया मार्फत ६० किलो गाँजा भित्र्याउदै थिए । भरियाहरुको सुरक्षाकोलागि मोहमजान लगाएत अन्य एक जना गएका थिए । गाँजा आउदै गरेको सूचना पाएको अर्को समुहले भरिया र गाँजा सुरक्षीत ल्याउनकालागि सुरक्षा दिने “उनीहरुको भाषामा साइडर” माथि आक्रमण गरेर गाँजा समेत लुटेको श्रोतले दावी गरेको छ । मोहमजानको हत्या त्यही लुटेरा समुहले गरेको स्थानीयको भनाई छ ।