जगंली हात्तीको आक्रमणबाट बालिकाको जयान गयो

211

imagesबीरगंज ९ भदौ÷
जंगली हात्तीले एक बालिकाको ज्यान लिएपछि ठोरीको सीमामा रहेको भिखना ठोरी भने शोकमा डुबेको छ । जंगली हात्तीको आक्रमणबाट भिखना ठोरीकी १२ वर्षिया बालिका ममता महतो ज्यान गएपछि सीमावर्ती बजार त्रस्त पनि भएको छ । उनलाई हात्तीले घरबाटै सुढले तानेर ज्यान लिएको भारतीय सीमा सुरक्षा बल भिखना ठोरीका प्रमुख सुरेश कुमारले जानकारी दिनु भयो । हात्तीले सुढले तानेर आँगनमा पछारी खुट्टाले किलल्चेर मारेको कुमारले बताउनु भयो । उनी खरको छाप्रोमा हजुरवुवा र हजुर आमासंगै सुतेकी थिइन ।नेपाल बाट रातको करिव साढे ९ बजे चीतवन राष्ट्रीय निकुञ्जबाट भारतीय क्षेत्रमा पुगेको हातीले ६० वर्षिय हजुरआमा करिमन महतोलाई पनि सुढले समातेर फालेकोमा उहाँ गम्भिर घाइते हुनु भएको छ । उहाँको ढाँडमा चोट लागेको छ । ६२ वर्षिय हजुरवुवा ४ जना नाती नातीना लिएर भाग्दा उहाँ पनि घाइते हुनु भएको छ । बच्चाहरु भने सकुशल रहका छन । हात्तीले भिखना ठोरीको बजरमा रहेका ३ जना घर समते भत्कार क्षती पु¥याएको छ । त्यहाको जनजीवन त्रसित रहेको छ ।
हात्तीले बालिकाको ज्यान लिएपछि बिहिवारका दिन लाग्दै आएको हाट बजार समेत बन्द भएको छ । भिखनाबासीले ममताको शवलाई बजारमा राखेर हात्ती आँतक रोक्न र ममताका परिवारलाई क्षतीपूर्ती दिन माग गरेका छन ।