मधेशी दल सरकारमा गएपनि जनताको समस्या हल हुदैनः अर्याल

329
नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल लगायत अन्य अतिथिहरु

बीरगंज १० भाद्र ÷
नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालले मधेश आन्दोलनबेला भएको घटना छानविन गर्न बनेको आयोगलाई काम गर्न दिन मधेशकेन्द्रीत दलका नेताहरुसंग आग्रह गरेका छन । उनले सत्य निरुपण आयोगले भोगेको नियतीको पुनरावृति हुन नदिन समेत आग्ह गरेका छन । युद्धरत अवस्थामा रहेको माओवादी र सत्ता संचालक मध्यको एक नेपाली कांग्रेसले आफूहरु मिलेकोले अरुले बोल्न बन्द गर्नु पर्ने भनेको प्रसग सुनाउदै उनले मेधशवादी दलसंग यस्तो आग्रह गरेका हुन । नेपाल मानव अधिकार संगठनले आयोजना गरेको मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै अर्यालले मधेशी पार्टीहरु सरकारमा गएपनि मधेशी जनताको समस्या जस्ताको तेस्तै रहने उनले बताए । उनले मधेशी दलहरु सत्तामा गएपछि हामी मिल्यौ अव घटनाको छानविन नगरेपनि हुन्छ नभनिदिनुहोला भन्दै उनले मानव अधिकारको सम्मान र संरक्षण गर्ने संस्कृतिको बिकास जरुरी रहेको बताए ।
उनले मंच पाएपछि आदर्शका कुरा गर्ने नेताहरुप्रति ब्यङ्गय गर्दै भने देश चलाउने राजनीतिक दलहरुले नै हो त्यसैले मानव अधिकारको संरक्षणमा पनि दलहरु मुख्य जिम्मेवार छन । आदेश दिने दलहरु पहिला मानव अधिकारका सन्दर्भमा जानकार हुनु पर्ने उनले बताए ।
नेपाल मानव अधिकार संगठनका पर्साका पूर्व अध्यक्ष बिजय उपाध्यायको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा नेपाली कांग्रेसका श्याम पटेल,नेकपा एमालेका डा.बिश्वमभर शर्मा,मधेशी जनअधिकार फोरम लोकतानित्रकका शशी कपुर मिया, संघीय समाजवादी फोरमका करिमा बेगम,सलाउदिन मिया,सदभावनाका ओमप्रकाश सर्राफ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन शिवनाथ यादवले गरेका थिए ।