ज्योती हार्डवेयर्समा प्रहरीको छापा

448
छापामारीबाट बरामद गरिएको पेन्ट्सका ड्रमहरु

बीरगंज १२ भदौ ।
पर्सा प्रहरीले बीरगंज १८ मा रहेको ज्योती हार्डवेयरमा छापामारी बरामद गरेको अवैध इनामेल तथा वाल पुट्टी आइतवार सार्वजनीक गरेको छ ।
ज्योती हार्डवेयरका संचालक नागराज साह सोनारले आफ्नै गोदाममा भन्सार छली अबैध रुपमा ल्याइएको सामान भण्डार गरेको सूचना पाएको आधारमा प्रहरीले छापामारी गरेको पर्साका प्रहरीका प्रवक्ता डिएसपी यज्ञ प्रसाद भट्टराईले जनाए ।
प्रहरीले छापामारी गरि २ लाख ३६ हजार रुपैया बराबरको पेन्ट तथा वालपुट्टी नियन्त्रणमा

लिएकोछ । प्रहरीले पुट्टी ३२ के.जी.ग्यालाक्सी पेन्ट्स ५ सय ७६ लिटर ग्लाक्सी एफइ पेन्ट्स २ सय लिटर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । आजै परवानीपुर प्रहरी चौकीले अवैध रुपमा उत्पादीत तथा ओसार पसार भइरहेको घरेलु रक्सी नियन्त्रणमा लिएर नष्ट गरेको छ । चौकीले बिभिन्न मितिमा गरि नियन्त्रणमा लिएको ६ सय २० लिटर घरेलु मदिरा स्थानीय भद्र भलाद्मीको रोहवरमा नष्ट गरेको हो