प्रजिअ मार्फत प्रधानमंत्रीलाई ज्ञापन

853

बीरगंज १४ भदौ ।
बलपूर्वक बेपत्ता पारिएका सबै ब्यक्तिहरुको संरक्षण सम्बन्धी संयुक्त राष्ट्र सघीय महासन्धी २००६ मा तत्काल हस्ताक्षर गर्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्साले भदौ १४ गते पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे मार्फत प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा आजको सभ्य युगमा आफनो उद्धेश्य पुरा गर्न वा स्वार्थ पुरा गर्न मानिसलाई जर्वजस्ती बेपत्ता बनाउने कार्यको कुनै पनि अवस्थामा पुष्टी नहुने उल्लेख छ । जर्वजस्ती मानिस बेपत्ता बनाउने कामलाई संसारले मानवता बिरुद्धको अपराध मानेको छ । ज्ञापनमा भनिएको छ यस्तो अपराधमा संलग्न हुनेलाई कानून कारवाही गरि पीडितलाई क्षतीपूर्ती सहितको न्याय दिनु पर्ने कुरालाई मानेको छ ।
नेपालमा पनि बिगत १० वर्षको सशस्त्र युद्धमा सरकार र बिद्रोही पक्षबाट वेपत्ता पारिएकाहरुको सन्दर्भमा कुनै कुरा सार्वजनीक नगरिनु पनि गैर जिम्मेवारीको पराकाष्ठा हो ज्ञापनमा भनिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका पर्सा प्रतिनिधि के.सी.लामिछाने ,नेपाल पत्रकार महासंघ पर्साका शाखाका अध्यक्ष श्याम बन्जारा ,स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्ण खनाल लगायत संचारकर्मी र मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
बलपूर्वक बेपत्ता पारिएका सबै ब्यक्तिहरुको संरक्षण सम्बन्धी संयुक्त राष्ट्र सघीय महासन्धी २००६ मा तत्काल हस्ताक्षर गरि पक्षराष्ट्र हुन माग गर्दै बुझाइएको

ज्ञापन पत्र बुझदै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले ज्ञापन पत्र प्रधानमंत्रीको कार्यालयमा पुग्ने बिश्वास दिलाउनु भयो ।