मंचको अध्यक्षमा सर्राफ

999

वीरगंज, १९ भाद्र । सदभावना महिला मंचले वीरगंज उपमहानगरपालिका वडा नं. १४ मा भएको भेलाले ४१ सदस्सीय वडा समिति गठन गरेको छ । महिला मंचका पर्सा जिल्ला संयोजक रेखा साहको सभापतित्वमा एवं पार्टीका केन्द्रीय सदस्य रेखा घिमिरेको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । unnamedश्रीपुर १४ मा नव गठित महिला मंचको अध्यक्षमा बबिता देवी सर्राफ, उपाध्यक्ष मायादेवी कलवार, सचिव निर्मला देवी,सहसचिव सीमा देवी , कोषाध्यक्ष संगीता चौरसिया, सदस्यहरुमा चाँन्दनी मिश्र, सरदा मिश्र ,मनिषा कुमारी, दुर्गा गुप्ता लगायत रहेका छन् । महिला मंच वडा समिती गठन कार्यक्रममा प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, सदभावना पार्टी पर्साका सचिव राजेश साह, क्षेत्र नं. २ का प्रभारी ईश्वर यादव, जिल्ला नेता धर्मेन्द्र पटेल,सदभावना मजदुर मंच पर्सा संयोजक दिनेश चौरसिया, महिला मंच वीरगंज नगर अध्यक्ष सुनिता रौनियार लगायतको उपस्थिति रहेको थियो । यसैगरी सदभावना पार्टी पर्सा क्षेत्र नं. २ का प्रभारी ईश्वर यादवको उपस्थितिमा गाबिस बेलवाको मुसैलीमा वर्गिय मंचको प्रतिनिधी छनौट कार्य सम्पन्न भएको छ ।