गुनासाका भारी छन मधेश आन्दोलनका घाइते र शहीद परिवारमा

1140
दुई वर्षिय छोरा सगै बिनिता
दुई वर्षिय छोरा सगै बिनिता

बीरगंजं २० भदौ । टिनले छाएको, बाँसका भाटाले बारेको,भूईमा प्लास्टर भत्किएर खाल्डा खुल्डी परेको, छाप्रो भित्रै एउटा घुम्ती छ । घुम्तीको पछाडी चुल्हो छ । त्यही चुल्होमा आफना धेरैजसो नियमित ग्राहककालागि खाना पाक्छ । बीरगंजको ब्यारेक रोड भनेर चिनिने वडा नं १० मा ब्यारेक पछाडी रहेको यो पसल नै शहीद सोहन साह कल्वारको श्रीमती २३ वर्षिया बिनिता देवीको दैनीकी संचालनको साहरा बनेको छ । उक्त भोजनालय २०७२ भदौ १४ गतेसम्म विनिताका श्रीमान् सोहन साह कलवारले चलाउने गरेका थिए । श्रीमानले पसल चलाउने र बिनिताले २ बच्चाको सयाहार गर्ने दैनीकी थियो । फूर्सत मिल्दा उनले श्रीमानको काममा सहयोग पनि गर्थिन । सम्बिधानमा असन्तुष्टि राख्दै शुरु गरिएको आन्दोलन उत्कर्ष तर्फ जादै थियो । बीरगंजका बिभिन्न स्थानमा प्रहरी र प्रर्दशनकारीवीच झडप भइरहेका हुन्थे । नगवा आन्दोलनको केन्द्रनै बनेको थियो । नगवाबाटै आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले काफूर्य आदेश जारी गरेको ग¥यो । दुई वर्ष अगाडि घरपरिवारबाट भिन्न भएर सोहनले त्यो पसल संचालन गरेका थिए । भदौ १५ गते कफूर्यका कारण पसल बन्द थियो । अरु दिन पनि उनी आन्दोलनमा जान्थे तर बिनिताले उनलाई आन्दोलनमा नजान भन्थिन । १५ गतेपनि बिनिताले सोहनलाई आन्दोलनमाsohan नजान आग्रह गरेकी थिइन । तर सोहनले “देशकालागि यो लडाई हो देशकालागि लड्नु पर्छ भनेर हिडेको ”स्मरण गरिन । उनले यो सम्वाद सम्झदै गर्दा उनको अनुहार मलिन भएको थियो । भदौ १५ गते वीरगन्जको नगवामा झडप हुँदा प्रहरीको गोली लागी सोहनको घटनास्थलमै मृत्यु भएको थियो । देशकालागि लडन गएको आफ्नो श्रीमान सधाकालागि नआउने थाहा पाएपछि उनी बेहोश भइन । १६ गते बिहान मात्र होश खुलेको उनले बताइन । श्रीमान हुदा देशका बिभिन्न भागमा घुम्न गएको बताउने बिनिताले त्यसपछि भने आफनो सम्पूर्ण जीवन २ बच्चा र सासु आमाको स्याहारमा लगाएकी छिन ।राहत बापत सरकारले दिएको १० लाख रुपैयाँले नगवामा ७ धुर घडेरी खरिद गरेको उनले बताइन् । पसलबाट दैनिक २ र ३ सय आम्दानी हुन्छ, । यति आम्दानीले जीवन निर्वाह गर्न निकै मुस्किल रहेको उनले बताइन । उनले आफूलाई सरकारी नोकरी र बच्चालाई निशुल्क शिक्षाको ब्यवस्था हुनु पर्ने माग गरिन । उनको नेताहरुप्रति पनि गुनासो छ । सरकारले दिने राहतका लागि कागजात मिलाउनकालागि नेताहरुले सहयोग गरेको बताइन । तर त्यसपछिका दिनमा नेताहरुले सामान्य हालचाल पनि नसोधेकोमा उनमा गुनासो छ । ठूलो छोरो राजनलाई एक निजी विद्यालयले निशुल्क पढाइदिएको छ ।

भदौ १४ मा संविधानमा मधेशीको अधिकार सुनिश्चित गर्न भन्दै वीरगञ्जको राधेमाईमा प्रर्दशन भएको थियो । महुवन गाविस ७ का ३५ वर्षिय पन्नालाल यादव जोडतोडले नारा लगाइरहेका थिए । कतिवेला खुट्टामा सुरक्षाकर्मीको गोली लाग्यो उनलाई थाहै भएन। उनी थचक्कै भए, केही छिन होश गुमाए ।
काठमाडौंको बी एण्ड बी अस्पतालमा साढे ६ महीना बिताएका यादवको ऋणपानसहित .११ लाख उपचारमै सकियो । तर, खुट्टा निको भएन । उनी अहिले पनि बिस्तारामै छन । अहिले पनि उपचार जारी छ । कुखुराको दानाको आयातको कारोवार गर्दै आएका यादव घइते भएपछि ब्यवसाय चौपट भएको बताउछन । ४० लाख रुपैया बजारमा फस्यो उपचारमा ११ लाख सकियो मेरो त जीवननै वर्वाद भयो उनले भने । ज

घुडामा गोली लागेका कारण बिस्तारामै बस्न बाध्य पन्नालाल यादव
घुडामा गोली लागेका कारण बिस्तारामै बस्न बाध्य पन्नालाल यादव

सको आव्हानमा ज्यान दिन हिडियो आजकल उनीहरुको ब्यवहार देखेर यादव दुःखीत छन । ५ मिनेटको दुरीमा आन्दोलनको नेतृत्व गर्ने नेताहरुको घर छ तर मेरो हाल बुझन उनीहरु अहिले सम्म आएनन यादवले भने मनमा आक्रोश मात्रै पैदा भइरहेको छ । हुन पनि हो संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत ,पर्सा अध्यक्ष प्रदीप यादव ,नेपाल सदभावना पार्टीका महासचि शिव पटेल लगायतका नेताहरुको घर पन्नालाल यादवको घर नजिकै रहेको छ । नेताहरुले आन्दोलनका मुद्धाहरुलाई बिर्सिदै गएको उनलाई लागेको छ । सरकारसंग पछिल्लो पटक भएको सहमती अनुसार घाइतेहरुको उपचारमा लागेको खर्च बिवरण बुझाएको सुनेको बताउदै यादवले आफनो उपचारमा लागेको खर्चको बिलहरु कसैले नमागेको र नलगेकोमा गम्भिर आशंका समेत प्रकट गरे ।