बाराका जेष्ठ पत्रकारले प्रोत्सहान भत्ता पाउने

106

कलैया,२० भाद्र । नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले बाराका अग्रज संचारकर्मीहरुलाई ल्याएको प्रोत्
साहन भत्ता नीतिप्रति बारामा क्रियाशिल संचारकर्मीका संगठनका अध्यक्षहरुले सहमति जनाएका छन ।
पचास वर्ष नाघिसकेका वा २० वर्ष देखी पत्रकारीता गरेका पत्रकारको हकमा महासंघले सदस्यता नविकरण गर्ने तथा २५ वर्ष देखी पत्रकारीता गरेका वा ५५ वर्ष उमेर पुगेका पत्रकारको हकमा मासिक रु ५००।– प्रोत्साहन भत्ताको ब्यवस्था गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।हाल बारामा गम्भिरा सहनी, सत्य प्रकाश श्रेष्ठ, रेशम तिवारी, अजयराज गौतम, रामेश्वर मेहत्ता लगायतका संचारकर्मीहरुले यो सुबिधा पाउने छन । त्यसतै महासंघका सबै सदस्यहरुको एक लाख बराबरको दुर्घटना बिमा समेत गराउने निर्णय नेपाल पत्रकार महासंघ बाराले गरेको छ ।
बैठकमा अध्यक्ष उपाध्यायले आफ्नो कार्यकालमा सबै संचारकर्मीहरुको सहयोगमा महासंघले गरेका कामहरु सार्वजनीक गरेका थिए । उनले बारामा पहिलो पटक महासंघको मध्यामन्चल बैठक गढिमाईमा राख्न सफल भएको , केन्द्रिय अधिवेशनका बेला चितवनमा बाराका सम्पूर्ण संचारकर्मीलाई धोती , कुर्ता, गमछा तथा ढाका टोपी लगाई बारालाई पहिचान सहित चिनाउन सफल भएको,संचारकर्मीहरुको लागी महालक्ष्मी फाईनान्समा कल्याण कोष र पुरस्कार कोषको स्थापना गरेको , सुबिधा सम्पन्न दुई तल्ले भवन बनाउने कार्य अन्तिम चरणमा पुगेको र भवनमा सूचना केन्द्र, पुस्तकालय, अतिथि कक्ष, ब्यवस्थित बैठक कोठा त14192075_521897481334017_7513965080699169501_nयार हुन लागेको जानकारी दिए । भवन बनाउन सभासद फरमुल्ला मसुंरले संसदीय विकास कोषबाट रु ७ लाख र जिबिस तथा नगरपालिकाहरुबाट सहयोग भएको बताएका थिए ।
त्सस्तै बाराको सिम्रौनगढ नगरपालिका , महागढीमाई नगरपालिका , गढीमाई नगरपालिका , तथा कोहल्वी नगरपालिका कार्यालयहरुमा महासंघको सुचना केन्द्र खोल्नको निमित विषेश पहल गरीएको अध्यक्ष उपाध्यायले बताए । उनले ति नगरपालिकाहरुको परिषदमा सुचना केन्द्र खोल्ने निर्णय गर्न सहयोग गरेका राजनैतिक दलहरुलाई प्रति कृतज्ञता जनाएका थिए ।
बैठकमा प्रेस चौतारी नेपाल बारका अध्यक्ष दिवाकर भणडारी , रिपोटर्स कल्बका अध्यक्ष सिकेन्द्र पासवान, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका सचिव दुष्यन्त चौधरी , सहकारी पत्रकार समाजका अध्यक्ष पुष्पराज खतिवडा , महिला पत्रकार समाजकी अध्यक्ष सृजा थापा , मधेसी पत्रकार समाजका अध्यक्ष पन्नालाल दास , फोटो पत्रकार समुहका प्रतिनिधि अनिल तिवारी , बरिष्ठ पत्रकार एव प्रेस युनियनका सस्थापक सत्य प्रकाश श्रेष्ठ , संघिय प्रेस फोरमका अध्यक्ष अरुण साह , प्रेस सेन्टर नेपालका अध्यक्ष रामबाबु मेहता लगायतका उपस्थिति रहेको थियो ।