डाबर नेपालद्वारा ३ बिघा एेलानी जग्गा अतिक्रमण

1889

बाराको रामपुर टोकनी गाविसमा रहेको बुहराष्ट्रीय कम्पनी डाबर नेपाल प्रालीले सार्वजनीक जमिन अतिक्रमण गरेर उधोग संचालन गरिरहेको छ । वारा पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित बहुराष्ट्रीय कम्पनी डाबर नेपाल प्रालीले चोर्नी गाविसको ३ बिघा भन्दा बढी ऐलानी जग्गा अतिक्रमण गरेको छ । पर्साको चोर्नी– ३ मा रहेको ६ करोड मूल्य बराबरको ३ बिघा ६ कठ्ठा जग्गा डाबर नेपालले अतिक्रमण गरि स्थायी संरचना निर्माण गरेको छ ।14274380_10206912675639511_1233811108_o०५३ सालदेखि ऐलानी जग्गा अतिक्रमण गरी उपयोग गरिरहेको उद्योगले जमिन उपयोग बापत गाविसलाई केही नदिएको स्थानीयले बताएका छन् । अतिक्रमण हटाई सार्वजनिक जग्गा खाली गराईदिन भन्दै गाविस सचिव देवीचरण न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा अतिक्रमित जग्गाको फिल्ड बुक सहित निवेदन दर्ता गराएका छन् । स्थानीय प्रशासनले गत मंगलबार यस अघि भएको कारवाही सहितको विवरण खोज्ने र सम्बन्धितलाई उपस्थित गराउन पत्राचार गर्ने निर्णय गरेको छ । गाविसको साविक कि.नं.१०२,१०३,११०,१३९ र १४५ हाल सी.न.११३÷०७७ को कि.नं १०७, १०८, १०९, ११० र ८९ को पर्ति खाली जग्गा डावर नेपालले अतिक्रमण गरेको सचिव न्यौपानेले बताए ।

गाविसले उधोगलाई जमिन खाली गर्न पटक पटक ताकेता गरेपनि उधोग ब्यवस्थापनले कुनै सुनवाई नगरेको स्थानीय समाजिक अगुवा रामायण महतोले बताए । उधोग ब्यवस्थापनले सुनवाई नगरेपछि स्थानीय भद्र भलाद्मी सहितको छलफल पछि स्थानीय प्रशासनलाई गुहार गरेको सचिव न्यौपानेले बताए । यस भन्दा पनि अगाडि जिल्ला प्रशासन कार्यालयमा जग्गा संरक्षणकोलागि निवेदन दिएका थियौ स्थानीय रामायण महतोले भने त्यतीबेला सिडिओसावले “सार्वजनीक जग्गाको प्रमुख संरक्षक मै हु तपाईहरु ढुक्क हुनुहोस म यो काम गर्छु भनेका थिए पछि त के भो कुन्नी” ।14284839_10206912673199450_403466362_oउद्योगले दुई जिल्ला छुटयाउने गरि बग्ने कियासोत खोला समेत अतिक्रमण गरेको छ । खोला माथि पनि भवन बनाएर खोला अतिmक्रमण गरेको हो । बारामा रहेको उधोगले उद्योग विस्तार गर्ने क्रममा उद्योगको पश्चिममा पर्ने पर्साको चोर्नी गाविसको करिब २० बिघा जग्गा खरिद गरेको थियो । २० बिघा नम्बरी जग्गासगै रहेको ३ बिघा ६ कठ्ठा ऐलानी जग्गा पनि अतिक्रमण गरेको स्थानीय बिश्ेशवर यादवले बताए । २०६६ देखि नै ऐलानी जग्गा खाली गराउन प्रयास गरेपनि हालसम्म सुनवाई नभएको उनले गुनासो गरे । तत्कालिन गाविस मुखिया कैलाश यादवले ०५३ चैत ६ मा उद्योगलाई उक्त कि.नं.का ऐलानी जग्गा भोगचलनका लागि दिएका थिए । गाविस स्रोतका अनुसार भोगचलन मात्र नभई उद्योगले आफ्नो नाममा दर्ता गरेपनि कुनै आपत्ति नरहेको व्यवहोरा सहितको सम्झौता गरिएको थियो । यादव पछि ०५६ मा मुखिया भएका रामबालक महतोले सोही जग्गाहरु लिजमा २ लाख ५० हजार रुपैयामा लिजमा दिएको सम्झौता गरेका थिए । तर डावर नेपालले गाविसलाई २ लाख ५० हजार बाहेक अन्य कुनै रकम भूक्तानी गरेको छैन । त्यस क्षेत्रको जग्गा अहिले प्रति कठ्ठा १० लाख रुपैयामा खरिद बिक्री भइरहेको छ । बहुराष्ट्रिय कम्पनीले तत्कालीन गाविस अध्यक्षहरुलाई आर्थिक प्रलोभनमा पारेर गाविसको बहुमूल्य जग्गा कब्जा गरेको स्थानीय समाजसेवी बिनादेवी सिलवालले बताइन ।

गाविस अध्यक्षहरुले अनधिकृत रुपमा डावर नेपालसंग सम्झौता गरेको सचिव न्यौपाने दावी छ । पर्साको क्षेत्र नं २ का सभासद बिचारी यादवले सार्वजनीक जग्गाको अतिक्रमण उधोगले हटाउनु पर्ने बताउछन । नेपाल सरकारको सम्पती अनधिकृत रुपमा कव्जा गर्नु भनेको कानूनी शासनलाई चुनौती दिनु हो त्यो मान्य हुदैन उनले भने जमिनको संरक्षणकोलागि जन दवाव र कानूनी दुबै बाटोको अवलम्बन गरिने छ । सार्वजनीक जग्गा अतिक्रमण गरेर कानूनी शासनको खिल्ली उडाउदै आएको डावर नेपाल भने उजुरीको बारेमा बेखवर छ । मानव संसाधन प्रमुख मजोज भगतले उजुरी बारे केही थाहा नभएको बताए ।