लक्षुमनवामा दुर्गा पूजा गरिने

461

बीरगंज २१ भदौ । हरेक वर्ष झै यस वर्षपनि लक्षुमनवामा दुर्गा पूजा भब्य रुपमा हुने भएको छ । हरेक वर्ष प्रगतीशिल युवा क्लबले दुर्गा पूजनउत्सव गर्दै आएको छ । क्लबको मंगलवार बसेको बैठकले पूजा भब्य रुपमा मनाउने निर्णय गरेको हो ।
वीरगंज उपमहानगरपालिका वडा नं. १८ लक्ष्मणवा चौकमा गरिने दुर्गा पुजा अर्थात भवानी पूजालाई भव्यताका साथ सम्पन्न गर्नका लागि करिव ४ लाख खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष ईश्वर यादवले बताए । यादवका अनुसार चोकमा बिशेष सरसफाई , धार्मिक प्रवचन, चर्चित भोजपुरी कलाकारको प्रस्तुती , शोभायात्रा सहितको कार्यक्रम तय गरिएको छ ।unnamed

बिगत १६ बर्ष देखि गर्दै आएको दुर्गा पुजालाई निरन्तरता दिदै १७ औं बर्षलाई भव्यताका साथ गर्ने तयारीमा आफूहरु लागेको अध्यक्ष यादवले बताए । बैठकमा पूर्व अध्यक्ष अंगत यादव, निवर्तमान अध्यक्ष रामबाबु ठाकुर, क्लबका उपाध्यक्ष संजय कापर, शिवशंकर यादव, सचिव मुकेश गिरी, लगायत कार्यसमितिका अन्य सदस्हरुको पनि सहभागिता रहेको थियो ।