नागरिकको स्वास्थ्यसंग खेलवाड गर्दै जनस्वास्थ्य पर्सा

722

वीरगञ्ज, भाद्र
जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा नागरिकको स्वास्थ्यस“ग खेलवाड गरिरहेको तथ्य उजागर भएको छ । सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने मन्त्री स्तरबाट देशव्यापी रुपमै पहल भईराख्दा पर्सामा जिल्ला जनस्वास्थ्यको काम कारवाहीबाट आम नागरिक पीडित छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले गत जेठ महिनामा सञ्चालन गरेको खकार चेकजा“च शिविरको रिपोर्ट भाद्र महिना वित्न लाग्दा पनि सम्बन्धित व्यक्तिले पाउन सकेका छैनन् । जिल्लाको क्षेत्र नं २ मा पर्ने उदयपुरघुर्मी तथा क्षेत्र नं ४ मा पर्ने सबैठवा र भेडिहारीमा सो शिविर सञ्चालन गरिएको थियो । शिविरमा संकलित खकार चेकजा“च हुने र क्षयरोग देखिएका व्यक्तिहरुको उपचारको व्यवस्था गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको शिविरको रिपोर्ट नआईदि“दा स्थानीय अन्यौलमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका डट्स क्लिनिक ईन्चार्ज राम विश्वास साहको नाममा ३ लाख रुपैया“ भन्दा बढी पेश्की झिकेर सञ्चालन गरिएको सो शिविरको बजेट फछ्र्यौट समेत भईसकेको छ । तर लक्षित वर्गसम्म सेवा पुगेको छैन् ।
र्लाही घर भएका जनस्वास्थ्य प्रमुख राम किशोर पण्डित रौतहट घर भएका राम विश्वास साह र सर्लाही नै घर भएका क्षय कुष्ठ अधिकृत शम्भु यादवको मिलेमतोमा सो कार्यक्रमको रकम कुम्ल्याईएको हो । यता उदयपुरघुर्मी, सबैठवा र भेडिहारीका स्वास्थ्यचौकी प्रमुखहरु जनस्वास्थ्य कार्यालयको क्रियाकलापका कारण दिनहु“ स्थानीयको गाली सुन्न बाध्य भएका छन् । एक कर्मचारीका अनुसार दिनहु“ गा“उका मानिसहरु आएर रिपोर्ट माग्ने गरेका छन् । जिल्लाले रिपोर्ट नपठाएपछि हामीले कहा“बाट दिने ? हाम्रो एउटै जवाफ हुन्छ ‘अब आउ“छ नी ।’ शुरु शुरुमा प्रेमभावले नै रिपोर्ट माग्ने स्थानीयले अब चर्को गाली दिन थालेपछि कार्यालय जाने अवस्था नै नरहेको अहेबहरु गुनासो गर्छन् । सो सम्बन्धमा जिल्ला जनस्वास्थ्य प्रमुखस“ग पटक पटक गुहार लगाएको भएपनि सुनुावाई नभएको उनीहरुको भनाई छ । जनस्वास्थ्य प्रमुखले ‘के गर्छन जनता र तिनका नेताले बढीमा सरुवा नै गराउने हुन् जहा“ गएपनि कार्यालय प्रमुख नै हो ।’ भन्ने जस्तो गैर जिम्मेवार अभिव्यक्ती दिने गरेका छन् ।

स्थानीय भन्छन् । ‘गगन थापा मन्त्री भएपछि त रिपोर्ट आउला भन्ने आशा थियो । तर आएन् । यीनि पनि उस्तै रहेछन् ।’ चिकित्सकका अनुसार जसको खकारमा क्षयरोग पोजेटिभ देखिन्छ त्यसले ६ महिनाको औषधी खानुपर्ने हुन्छ । तर ३ महिना वित्न लाग्दा समेत रिपोर्ट नै आएको छैन् । उपचारमा नआएको एउटा क्षयरोग प्रभावितले अरु १० देखि १५ जना नया“ व्यक्तिलाई संक्रमण गराउन सक्छ ।