सम्बिधान संशेधन बिना माग पुरा हुदैनःकर्ण

109

वीरगंज २२ भाद्र ।सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सम्बिधान संशोधन नहुदा सम्म मधेशको माग पुरा नहुने बताएका छन ।
पर्साको बगहीमा सदभावना पार्टी निकट बर्गि संगठनहरुको प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दै सहअध्यक्ष कर्णले वर्तमान सरकारले मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गरिसकेको र आन्दोलनकारी माथी रहेको मुद्दा फिर्ता लिने कार्य अबिलम्ब गर्ने आश्वासन दिएको बताए ।
सदभावना पार्टी निकट बर्गिय मंचहरुको अधिवेशनका लागि गाबिस बगहीमा १० वटा वर्गिय मंचका लागि प्रतिनिधि छनौट गरिएको छ । पार्टीका पर्सा जिल्ला सचिव राजेश साह एवं क्षेत्र नं. २ का संयोजक राजकुमार साहको उपस्थितिमा प्रतिनिधि छनौट भएका हुन । बगहीमा वर्गिय मंचका प्रतिनिधिहरुमा युवा तर्फ श्रीलाल यादव, दिनानाथ साह कानु, चन्देश्वर महतो, रामबाबु सहनी,नन्द किसोर पटेल, किसान तर्फ पृथ्वी साह, सिंहासन ठाकुर,बिजय साह कानु, सिकेन्द्र ठाकुर , दलित तर्फ बद्री राम, अंगत हजरा, रामबिनय राम, मनिषा देवी, बिद्यार्थी तर्फ रामअषिश गिरी, मुकेश ठाकुर, बिनोद मunnamed (3)हतो, साँस्कृति तर्फ लालमणी मिश्रा, भुमिनन्द मिश्रा, चन्दन साह, वुद्धिजिवी तर्फ गौरीशंकर पटेल, रामदास साह, उद्योग वाणिज्य तर्फ जवाहिर सहनी,कृतन साह, रामकिसोर सहनी, आदिवासी जनजाती तर्फ सोनालाल महतो, मुकेश महतो, माधव महतो, महिला तर्फ सुनैना देवी, ईन्द्रा देवी ,रमावती देवी चयन भएका छन् । प्रतिनिधि छनौट कार्यक्रममा सदभावना पार्टी जिल्ला सदस्य अनिरुद्ध कलवार, नेताहरु किसोरी यादव,हृदयनारायण साह, सजावल महतो, अंगत हजरा, दिपनाराण साह, अनिल साह लगायतको उपस्थिति रहेको थियो । यसैबीच सदभावना पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्ण सहितको टोलीले मधेस आन्दोलनका शहिद वीरगंज उपमहानगरपालिका वडा नं. २५ जगरनाथपुर निवासी दिलिप चौरसियाका अभिभावक एवं परिवारका सदस्यहरु संग भेटघाट गरेका थिए ।