ज्ञानवाटिकामा प्रहरी मेरो साथि अन्र्तगत अन्तरक्रिया सम्पन्न

213

वीरगन्ज – ‘हाम्रो गाउँ टोलमा कुनै घट्ना घट्यो भने वा चेली बेटीलाई कसैले नराम्रो ब्यवहार गरेको छ भने प्रहरीले त्यसमा कसरी सहयोग गर्ने ?’ ५ कक्षा पढ्ने छात्राको प्रश्न थियो पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठलाई । ‘त्यस्ता कुरामा तपाईहरु अबिलम्ब हामीलाई खबर गर्नु होला, सहरभित्र १० देखी १५ मिनेटमा गाउँमा टाँढा भए पनि बढीमा आधा घण्टाभित्र प्रहरी टोली सम्बन्धित ठाउँमा पुग्ने छ, तपाईहरुलाई मेरो प्रतिबद्धता प्रहरी उपरीक्षक श्रेष्ठले जवाफ फकाए । वीरगन्जको रानीघाट –१४ स्थित ज्ञानवाटिका उच्च माबिका बिद्यार्थीहरुसंग शुक्रवार प्रहरीको अन्तरक्रिया चलि रहेको थियो ।

प्रहरी मेरो साँथी अभियान अन्तरगर्त टोली सुहित पुगेका प्रहरी उपरीक्षक श्रेष्ठले छात्रछात्रालाई निडर र असल बन्ने कुरामा प्रेरित गरेका थिए । विद्यालयका संस्थापक हरिहर साहको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले समाजका कुरीति, महिलाहरुसंगको बिभेददेखी देशको उन्नतीका सवालहरुमा जिज्ञासु देखिए । ‘हामी संलग्न नभएको कुरामा अरुले अरुमाथी अन्याय गरिरहेको छ भने त्यसमा बोल्ने कि नबोल्ने ?’ भन्ने प्रश्नमा विद्याथीहरु निश्कर्षमा पुगे गलत बिरुद्ध बोल्न सक्नु पर्छ ।

कार्यक्रमका अतिथी सामुदायिक सेवा केन्द्र, श्रीपुरका अध्यक्ष राम सर्राफले विद्यार्थीहरुले समयको अधिक्तम सदुपयोग गरेर ज्ञान, शिक्षा र शिपहरु सिक्दै जानु पर्नेमा जोड दिए । त्यसतै पत्रकार रितेश त्रिपाठीले प्रतिस्पर्धाको युगमा सक्षम मानिस बन्न र प्रहरीलाई बिभिन्न घट्नाका जानकारी गराएर असल नागरिकको भुमिका निर्वाह गर्न विद्यार्थीहरुलाई राय दिए । विद्यलयका आसु सर्राफको संयोजनमा भएको कार्यक्रम उपरान्त युएन हेबिटाटका पर्सा संयोजक सरोज चौरसियाको अगुवाईमा टोल सरसफाई गरिएको थियो ।