नरायणीलाई क्षेत्रीय अस्पताल बनाउनु पर्छ ः नेता कर्ण

539

वीरगंज २४ भाद्र – सदभावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालको संरक्षणमा नागरिक सहभागिता हुनु पर्ने बताएका छन । पार्टीको नगर समितिले शुक्रवार आयोजना गरेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा वृहद् सरसफाई कार्यक्रमको शुरुवात गर्दै उनले यस्तो बताएका हुन ।

नेता नारायणी उपक्षेत्रीय अस्पताल मधेसमा मेरुदण्डको रुपमा रहेको बताए । राज्यले मधेसका जिल्लामा रहेका अस्पताल वा अन्य बिकासका बिषयलाई कम प्राथमिकता दिएको बताउदै नारायणी अस्पताललाई क्षेत्रीय अस्पताल बनाउनु पर्ने बताए । सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानीले नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको सम्पति भएकोले यसको बिकास र मर्मतको जिम्मेवारी राजनीतिक दल संगै नगरवासीको रहेको बताए ।

समाजसेवी मुकेश सरावगी नारायणी उपक्षेत्रयी अस्पतालको समय अनुकुल बिकास नहुनु र बिवादमा पर्दा दुख लाग्ने गरेको बताए । सदभावना पार्टी वीरगंजका अध्यक्ष ओमप्रकास सर्राफले नारायणी अस्पतालको बिकासका लागि निरन्तर रचनात्मक कार्य संगै बिकासका कार्यलाई अगाडि बढाउने बताए ।

वृहद सरसफाई कार्यक्रममा नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद ,नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य मोनिका सिंह, सदभावना पार्टी पर्साका सचिव राजेश साह, क्षेत्र नं. २ का प्रभारी ईश्वर यादव, प्रवक्ता भुपेन्द्र तिवारी, महिला मंच पर्साका अध्यक्ष रेखा साह, मजदुर मंच पर्साका अध्यक्ष दिनेश चौरसिया लगायत पार्टीका जिम्मेवार नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वृहद् सरसफाई कार्यक्रममा वीरगंज उपमहानगरपालिका र नारायणी उपक्षेत्रीय अस्पतालका सरसफाई शाखाहरुले सहयोग पु¥याएका थिए ।