नेशनल मेडिकललाई सम्बन्धन दिए कडा आन्दोलन ःडा.के.सी.

120

13918934_10206659618953252_1450732726_oभदौ २४ काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका डिनलाई चिठी लेखेर डा. गोविन्द केसीले नेसनल मेडिकल कलेजलाई सम्वन्धन नदिन आग्रह गरेका छन । उनले डिनलाई लेखेको पत्रमा नेशनल मेडिकल कलेजलाई सम्बन्ध दिने तयारी भइरहेको भन्दै आफूसँग भएको सम्झौता स्मरण गर्न आग्रह गरेका छन ।
यस बिषयमा छलफल गर्न चिकित्साशास्त्र अध्ययन संस्थानले २६ गतेकालागि फ्याक्लटी बैठक बोलाएको छ । त्रिभुवन विश्व विद्यालयका उपकुलपति तीर्थ खनियाँले विवादित प्रक्रिया ब्यूँताएर नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब दिएको समाचार प्रकाशित भएको थियो । तर, डा. केसीले भने काठमाडौं उत्पत्यकामा नयाँ मेडिकल कलेज नखोल्ने सहमति भएको भन्दै त्यस अनुसार सम्बन्धन, विस्तार कार्यक्रम वा प्रतिष्ठानको वहानामा नयाँ शिक्षण संस्था खोल्न नपाइने बताएका छन् । डा. केसीले डिनलाई लेखेको चिठ्ठीमा भनिएको छ, ‘यो परिप्रेक्ष्यमा कानुनअनुसार निर्णय गर्नु भन्ने एउटा सर्वोच्च अदालतको फैसलालाई वहाना बनाई काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन र दिलाउन भइरहेका चलखेल र दौडधुप खेदपूर्ण र आपत्तिजनक छ ।’
डा. केसीले फ्याकल्टी बोर्डको आगामी बैठकबाट निर्णय गर्दा विगतको निर्णय, माथेमा कार्यदलको सुझाव र राज्यले आफूसँग गरेको सम्झौतालाई ध्यान दिन आग्रह गरेका छन् ।
कोही कसैको निहित स्वार्थका लागि त्यस्तो प्रयासका लागि अग्रसर भएमा त्यस्तो दुष्प्रयासलाई असफल बनाउन यसअघि विभिन्न चरणमा झै नेपाली जनताको साथ र सहयोग लिई हदैसम्मको कदम चाल्न तयार रहेको यो पत्रमार्फत जानकारी गराउँछु डा .केसीको तिठीमा लेखिएको छ ।