यादवको फार्मेसी गुप्ताद्वारा उद्घाटन

135

वीरगंज २४भाद्र ।पर्सा क्षेत्र नं. ३ का सांसद राजकुमार गुप्ताले शुक्रवार एक कार्यक्रमका बीच एप्लो फार्मेसीको उद्घाटन गरेका छन् । वीरगंज उपमहानगरपालिका वडा नं. १४ नेश्नल टेड्रिङ्गमा रहेको फार्मेशीको बिहान गुप्ताले रिबिन काटी उद्घाटन गरेका हुन । unnamed
जानकी मेडिकल हाँलका संचालक हरेन्द्र यादवले संचालन गरेको एप्लो फार्मेसीमा डा. प्रशान्त कुमार साह ,बरिष्ठ अहेव बिरेन्द्र यादव लगायतको टोलीले बिहान र बेलुका गरी दुई चरणमा उपचार सेवा दिने संचालक यादवले बताए ।
उद्घाटन समारोहमा पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादव, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइराला, योजना अधिकृत प्रकासमान सिंह,पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, एमालेका अगुवा नेता प्रभु हजारा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष ध्रुव साह, राजधानी दैनिकका बिजय भण्डारी, जनसृष्टिका युवराज खड्का , नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य रामकिसोर सिंह पराग लगायतको सहभागिता रहेको थियो ।