बक्तृत्वकलामा गुप्ता प्रथम

953

वीरगंज २५ भाद्र । लियो क्लब अफ बीरगंजले आज अन्तर बिद्यालय बक्तृत्वकला सम्पन्न गरेको छ । बीरगंज कमर्श क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा बीरगंजका ८ वटा नीजि बिद्यालयका बिद्यार्थीहरुले प्रतियोगीको रुपमा सहभागिता जनाएका थिए । छात्रा र छात्रको छुट्टा छुट्टै सहभागितामा प्रतियोगिता संचालन भएकोमा छात्र तर्फ निश्चल अग्रवाल डि.पी.एस प्रथम,दिब्यान्स अग्रवाल डि.ए.भि द्वितिय, र गौतम माविका अमन राज यादव तृतिय भएका थिए ।
त्यस्तै छात्रा तर्फ कामाक्षी गुप्ता जीवन ज्योती प्रथम ,स्वर्णिमा पटेल गौतम मावि द्वितिय र डि.पी.एस की बेदिका अग्रवाल तृतिय भएका थिए । प्रतियोगिताको निर्णायकमा ओम प्रकाश श्रेष्ठ,श्रीराम दास र सन्तोष कर्ण रहेका थिए । कार्यक्रममा लायन मिनाक्षी गुप्ताले बिजयी छात्र छात्रालाई बधाई दिएकी थिइन ।