मधेशमा दाइजो प्रमुख समस्याः नेता कर्ण

3579

वीरगंज २५ भाद्र ।
सदभावना पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले मधेसमा दाईजो प्रथा प्रमुख समस्याको रुपमा रहेको बताएका छन । उनले महिला मंचको बीरगंजको ७ र ८ नं वडामा भएको भेलालाई समबोधन गर्दै यस्तो बताएका हुन । उनले दाइजो प्रथाको अन्त्य गर्ने जिम्मेवारी आफूहरुको रहेको बताए । उनले समाजिक कुरिती अन्त्य बिना समृद्ध समाज निर्माण नहुने बताए ।सदभावना महिला मंचको वीरगंज उपमहानगरपालिका वडा नं. ७ र ८ मा वडा ईकाई समिति गठन गरेको छ । महिला मंच वीरगंज नगर अध्यक्ष सुनीता रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ७ मा कनिका कौशिकको अध्यक्षतामा १५ सदस्यीय मंच गठन गरेको छ । समितिको उपाध्यक्षमा रुपा रौनियार ,सचिव रीना गुप्ता, सह सचिव पिंकी मितल, कोषाध्यक्ष प्रभा गुप्ता रहेका छन । त्यस्तै वडा नं. ८ मा शशि रौनियारको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । जसको उपाध्यक्षमा शिल्पी रौनियार ,सचिव रुवी रौनियार, सहसचिव प्रियंका रौनियार, कोषाध्यक्ष सोन्या गुप्ता रहेका छन । कार्यक्रम वीरगंज स्थित त्रिभूवन हनुमान माध्यमिक बिद्यालयको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, जिल्ला सचिव राजेश साह, युवा नेता धर्मेन्द्र पटेल, किसोरी यादव, वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, उपाध्यक्ष सुरेश साह कानु, महिला मंच पर्साका अध्यक्ष रेखा साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी सदभावना पार्टी पर्सा क्षेत्र नं. २ का प्रभारी ईश्वर यादवको सभापतित्वमा वीरगंज उपमहानगरपालिका वडा नं. १८ लक्ष्मणवामा २१ सदस्यीय वडा ईकाई समिति एवं वर्गिय मंचका प्रतिनिधि छनौट गरिएको छ । हरी शंकर यादवको संयोजकत्वमा कमिटी गठन भएको हो ।
यसैगरी सदभावना युवा मंच पर्साको वीरगंज उपमहानगरपालिका स्थित रामगढवा रामजानकी धर्मशालामा बिस्तारीत बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शेख मुन्नाको सभापतित्वमा एवं युवा मंचका केन्द्रीय सदस्य मंजय महतोको उपस्थितिमा बैठक सम्पन्न भएको होे । बैठकले जिल्लाको पदिय जिम्मेवारी बाँडफाँड एवं जिल्ला समितीलाई बिस्तार गरी २१ सदस्यीय बनाएको छ ।