अधिकृत कोईराला माथि यस कारण भयो हमला

602

11078039_970366379642409_8219296892375204871_nवीरगंज २५ भदौं ।
वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोईराला कुटिएको घटनाले नया“ मोड लिएको छ । शुक्रबार दिउ“सो आफ्नो कार्यकक्षमा बसिरहेको कोईराला माथि अधिकृत रामदयाल यादवले एक्कासी मुक्का प्रहार गरी घाइते बनाए पछि वीरगंज उपमहानगरपालिकाको कर्मचारी र कर्मचारी युनियनका पदाधिकारीहरुको बैठक बसेर रामदयाल यादव माथि सार्वजनिक मुद्दा चलाउने निणर्य गरेको छ । करारमा रहेका कर्मचारीहरुको म्याद थपको विषयमा कार्यकारी अधिकृत विष्णु प्रसाद कोइरालाले कर्मचारी उचालेर अधिकृत रामदयाल यादव माथी हुल हुज्जत गराएको र त्यसैको वदलामा यादवले आक्रोशीत भएर कार्यकारी अधिकृत विष्णु कोइराला माथि हातपात गरेको घटना बाहिर चर्चामा आएको जस्तो कहानी बनाइएपनि यथार्थ बेग्लै भएको हाम्रो सम्वाद शुत्रले दावी गरेको छ । कुनै बेला रामदयाल यादव कार्यकारी अधिकृत विष्णु प्रसाद कोइरालाका अत्यन्त विश्वास पात्र थिए । लेखा र जिन्सी फा“ट समेतको जिम्मेवारी कोईरालाको आर्शीवादले यादवले विगतमा सम्हालेर टन्न पैसा कमाएका थिए । लगभग तिन महिना अगाडी फा“ट परिवर्तन गर्दा कोईरालाले यादवलाई प्रशासन शाखाको जिम्मेवारी दिए पछि दैनिक कर्मचारीको झमेला सहनु पर्ने र कमाइ पनि नहुने भए पछि रामदयाल यादवले विष्णु प्रसाद कोईराला सं
ग रिसले मुर्मुरिएका थिए । अफिसको अत्यन्त गोप्य कागजातहरु कहिले अख्तियार तथा कहिले पत्रकारलाई दिएर यादवले कोइरालालाई परेशान गर्न खोजेको भएता पनि शुक्रबार रामदयालले उपलव्ध गराएको कागजात कै कारणले एक जना कर्मचारीले शुक्रबार विहान राजिनामा दिए पछि वीरगंज उप–महानगरपालिकाको बातावरण विग्रियो ।
रामदयालले अफिसको गोपनियता भंग गरेर केही कर्मचारीको व्यक्तिगत विवरण पत्रकारहरुलाई दिएको र जस कारण आ–आफ्नो जागिर माथी भोलीको दिन शंकट उत्पन्न हुन सक्ने कर्मचारीहरुको जमात बढदै गएपछि उनीहरु आतीए । त्यसपछि केहि करारमा भएको कर्मचारीहरु म्याद थप्ने बहानामा रामद
यालको कार्यकक्षमा प्रवेश गरेर उनको टेवलको सिसा फुटाली उनी माथि हातपात गर्न खोजेका थिए । रामदयाल यादव वीरगंज उपमहानगरपालिका ईमान्दार कर्मचारी होइनन । यिनले छपकैया पोखरीको हकमा माल खाएर बदमासी गरेको सबैलाई थाहा छ । माल पाएपछि सबै ठिक नपाए सबै बेठिक को सिद्धान्तमा हिडने रामदयाल वीरगंज उपमहानगरपालिकाको योग्य कर्मचारी नभएर आफ्नो दुनो सोझयाउने व्यक्ति भएको उनका विगतले पनि प्रष्ट गरेको छ ।आज प्रकाशीत अंकुश दैनीक बाट