इकाइमा महतो मंचमा गुप्ता

382

वीरगंज २६ भाद्र
सदभावना पार्टी वीरगंज नगर कार्य समितीले वडा नं १५ मा वडां ईकाई समिति गठन गरेको छ । नगर उपाध्यक्ष सुरेश साह कानुको सभापतित्वमा वीरगंज उपमहानगरपालिका वडा नं. १५ मुर्लीमा सम्पन्न भेलाले इकाई गठन गरेको हो । कार्यक्रममा पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्ण को सहभागिता रहेको थियो । सुरेश महतोको अध्यक्षतामा गठीत १५ सदस्यीय ईकाई समितिका उपाध्यक्षमा मदन साह, सचिवद्वव शम्भु प्रसाद साह, मनिष झा, सदस्यहरु श्रीनिवास महतो, रघुनाथ साह, अकलेश्वsang साह, प्रदिप तिवारी लगायत रहेका छन । त्यसैगरि संगीता गुप्ताको अध्यक्षतामा महिला मंच गठन भएको छ । मंचको उपाध्यक्षमा कबिता देवी, सचिव पुष्पा गुप्ता, सहसचिव सोनी देवी, कोषाध्यक्ष प्रतिमा देवी, सह कोषाध्यक्ष मेहरुन नेसा, सदस्यहरुमा शारदा श्रेष्ठ, अर्चना ठाकुर, पुनम तिवारी,प्रिती चौरसिया, प्रतिमा श्रेष्ठ सहित ५१ ज्ना रहेका छन । कार्यक्रममा सदभावना पार्टीका केन्द्रीय सहमहासचिव सुरेन्द्र कुर्मी, प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, सदभावना पार्टी पर्सा जिल्ला सचिव राजेश साह, युवा नेता धर्मेन्द्र पटेल, जिल्ला नेता किसोरी यादव ,जिल्ला सदस्य अनिरुद्ध कलवार, वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, महिला मंच पर्साका अध्यक्ष रेखा साह, नगर अध्यक्ष सुनिता रौनियार लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।