फोरम पर्साको बैठक सम्पन्न

82

बीरगन्ज २६ भदौ । संघीय समाजवादी फोरम पर्साको बिस्तारित बैठक आइतवार दिउसो बीरगन्जमा सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष रेणु यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको बिस्तारित मुलुकको बर्तामान राजनैतिक अवस्थाको बारेमा बिशलेषण गर्दै विभिन्न निर्णयहरु गरेको छ । बैठकमा बिशिष्ट अतिथि लालबाबु राउत गदी,पुर्व मन्त्री एवम केन्द्रीय सदस्य करिमा वेगम,केन्द्रीय सदस्यद्धय बिरेन्द्र यादव र बालकिशोर यादव लगायतका नेताहरुले बैठकमा आ आफ्नो धारणा राखेका थिए ।
बीरगन्जको टिवडेवाल धर्मशालामा सम्पन्न भएको उक्त बैठकले पार्टीको जिल्ला सगंठन बिस्तारको लागि जिम्मेवारी तोकेको छ । महिला सगंठन बिस्तारको लागि केन्द्रिय सदस्य करिमा वेगम,शिक्षक सगंठन बिस्तारकोलागि बृजमोहन तिवारी युवा ,विद्यार्थी तथा किसान केन्द्रीय सदस्य बालकिशोर यादवलाइ जिम्मेवारी दिइएको छ । यसैगरि क्षेत्र नम्बर १ देखि ५ नम्बर क्षेत्रको सगंठन बिस्तारको जिम्मेवारी सलाउदिन अहमद , कमलेश पन्डित, नागेन्द्र यादव र बृजमोहन तिवारी,शिवजी सोनी र महराज यादव,योगेन्द्र यादव र नागेन्द्र यादव तथा मदन चौहन र शरिफ गदीलाइ दिएको छ ।