रकम सरको खल्तीमा, पुराना किताव बिद्यार्थीलाई

151

वीरगंज २६ भाद्र
श्री ने रा प्रा बि बिशुनपुर्वामा निकै आर्थिक अनियमितता भएको अभिभावकहरुले जनाएका छन । पिडारीगुठी ५ मा रहेको सीमावर्ती सो गाउको बिद्यालयमा बिगत दुइ बर्षदेखि हालसम्म बिद्यार्थीहरूको दलित तथा छात्रा छात्रबृति समेत बितरण नगरिएको स्थानीय अभिभावक फतमहमद मियाले जानकारी दिए । बिद्यालमा शैक्षिक शत्र ०७२ । ०७३ को छात्रबृति बितरण गरिएको छैन । त्यसैगरी सो बिद्यालयका प्र अ राम किशोर श्रीवास्तवले बालबालिकाहरुको पाठ्यपुस्तकको रकम समेत नदिएको अभिभावकहरुले गुनासो गरेका छन । प्र अ श्रीवास्तवले बिद्यार्थीहरुको पुरानो पाठ्यपुस्तक संकलन गरी पास भएका बिद्यार्थीहरुलाई बाडेको अभिभावकहरुले जनाएका छन। यस सम्बन्धमा आफूले रकम बितरण नगरेको कुरा प्र अ श्रीवास्तवले स्वीकार गरेका छन । गत सालको र यस बर्षको छात्रबृति रकम बिद्यार्थीहरुलाई चाडै बितरण गर्ने उनले बताए ।