लुटेराहरु प्रहरी कस्टडीमा

308

वीरगन्ज २७ भदौ । गाडी रोकी पैसा लुटदै आएको गिरोहका केही मान्छेलाई जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ ।
बीरगन्ज पथलैया कोरीडोरमा मालवाहक गाडी रोकी पैसा लुटपाट गर्ने समुहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो । सात जना लुटेराहरुमध्ये ३ लाई प्रहरीले पक्राउ गरि सार्वजनीक बताए । लुटपाटको घटनामा संलग्न रहेका बारा बहुअरी ३ बस्ने १६ बर्षे रामकुमार पटेल , १६ बर्षीय जटाशंकर पटेल र वीरगन्ज १७ बहुअरीका १७ बर्षे राजाबाबु पटेललाई प्रहरीले सावैजनीक गरेको हो । उनहिरुलाई प्रहरीले आइतवार फक्राउ गरेको हो । पर्साको जगरनाथपुरबाट गण्डक नहरको बाटो भएर वीरगन्ज बजारतर्फ आउदै गरेको चन्दन लुब्रिकेन्टको को १ च ४२५२ नम्बरको गाडी रोकेर लुटपाट गरेका हुन । लुटेराहरुले गाडीका संचालक दुशवी नगरपालिका ५ निवासी नारायण साहलाई कुटपीट गरि ३२ हजार नगद र एउटा मोवाइल लुटेका थिए । चाडवाड नजिकिदै आएको र मालवाहक सवारी साधनमा धेरै ब्यक्ति नहुने भएकोले लुटेराहरुको ध्यान मालवाहक सवारी साधन तिर गएको प्रहरीले बिश्लेषण गरेको छ । लुटपाटको घटनामा उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक डा . राजुबाबु श्रेष्ठले बताए ।