मोर्चाले कालो दिवस मनाउने

200

वीरगन्ज २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तीन दिने कालो दिवस मनाउने निर्णय गरेको छ । असोज २ देखी ४ गते सम्म कालो दिवस मनाउने निर्णय भएको नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले जनाकारी दिए । गत वर्ष असोज ३ गते जारी भएको सम्बिधान मधेश बिरोधी भएको र सम्बिधान बिरुद्धको आन्दोलनमा दमन भएको बिरोधमा कालो दिवस मनाउने निर्णय भएको पटेलले बताए ।
गत वर्ष असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जननिर्वाचित संबिधानसभाबाट घोषणा भई लागु गरिएको थियो । त्यस बखत पनि मोर्चाका समर्थकले वीरगन्ज लगायतका ठाउँमा कालो दिवस मनाएका थिए ।
असोज दुई गते अन्तरक्रिया गर्ने, तीन गते बिहान घण्टाघर चोकमा आन्दोलनको फोटोहरुको प्रदर्शनी तथा साँझ साढे ७ बजेदेखी आधा घण्टा ब्ल्याक आउट र चार गते साँझ मधेश आन्दोलनमा मारिएका सहीदहरुको सम्झनामा दिप प्रज्वलन गर्ने बैठकले निर्णय गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा भएको बैठकमा तराई मधेस सद्भावना पार्टीका पर्सा अध्यक्ष विरेन्द्र यादव, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकिम अन्सारी, तराई मधेश लोकतान्त्रिक पार्टीका वीरगन्ज नगर अध्यक्ष मनोज गुप्ता, राष्ट्रिय मधेस सदभावना पार्टीका पर्सा सचिव उमेश सहनी, सद्भावना पार्टीका वीरष्गन्ज् नगर अध्यक्ष ओमप्रकाश सर्राफ र फोरम नेपालका प्रदेश सचिव सलाउद्दीन अहमदको सहभागिता रहेको थियो । सरकारले भने सम्बिधान दिवस भब्य रुपमा मनाउने निर्णय गरेको छ