ज्ञानवाटिकामा सांस्कृतिका कार्यक्रम सम्पन्न

263

बीरगन्ज २९ भदौ – वालदिवसको अवसर पारेर ज्ञानवाटिका उच्च माविले बुधवार सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयका संस्थापक हरिहर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका मंत्री बीरेन्द्र कडेल, नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछाने, वाटिका ग्रुपका प्रमुख कार्यकारी अधिकृत डा. अनुज यादव, बिद्यालयकि प्रधानअध्यापक डा. अन्जु यादव लगायतले वाल दिवस बिभिन्न पक्षका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कक्षामा उत्कृष्टा नम्बर ल्याउने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने पूर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका वालवालिकाहरुले नृत्य,कविता र वक्तृत्वकला प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालनमा आशु सर्राफ र सरोज चौरसिया लगायतले सहयोग गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै बिद्यालयका संस्थापक तथा निर्देशक हरिहर प्रसाद यादवले बिद्यालयका बिद्यार्थीहरुलाई सबै बीच उत्कृष्ट बन्न आग्रह गरे र बिद्यालयबाट सो कार्यका लागि सम्पूर्ण सहयोग हुने पनि वाचा गरे ।