प्रसौनीमा योग विज्ञान शिबिर प्रारम्भ

179

वीरगंज, ३० भाद्र । वीरगंज उपमहानगरपालिका वडा नं.२६ प्रसौनी बिर्तामा बिहिवार पाँच दिने निशुल्क योग विज्ञान शिबिरको उद्घाटन गरिएको छ । पाँच दिन सम्म चल्ने निशुल्क योग शिबिरको उद्घाटन पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले गरेका थिए ।
योग विज्ञान शिबिरका प्रतिनिधि मिथिला शाह र बिजया पोखरेलको नेतृत्वमा गरिएको कार्यक्रमा पतञ्जली योग समिति पर्साका अध्यक्ष किशोरी प्रसाद कलवार, शिबिरका प्रतिनिधिहरु शारदा अधिकारी, भगवती शाह, जमुना थापा, नसबिलाल शेख, नेकपा एमालेका वडा नं. २६ का वडा अध्यक्ष लालबाबु यादव, राकेश साह, लगायतको उपस्थिति रहेको थियो ।
प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको भवनमा योग शिविरको आयोजना गरिएको छ ।
कार्यक्रममा सहभागिहरुलाई पतञ्जली योग समिति पर्साका अध्यक्ष किशोरी प्रसाद कलवारले योग गराउनुको साथै आधुनिक संसारमा योगको भुमिका र महत्व बारे जानकारी गराएका थिए । निशुल्क योग शिबिर पाँच दिन सम्म विहान ५ ः३० देखि ७ बजे सम्म सोही बिद्यालयमा हुने अध्यक्ष कलवारले बताए ।