सेलिनाको “तिम्लाई दुख्दा” म्यूजिक भिडियो सार्वजनीक

1585

भाद्र, ३० वीरगंज
पर्सा जिल्लाको बिकट गाउँ ठोरीमा जन्मिएकी, हाल राजधानीमा गीत सँगीतको क्षेत्रमा सँघर्षरत गायिका सेलिना कुवँरको “तिम्लाई दुख्दा व्यर्थैमा पो मेरो आँशु खस्दो रैछ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
एस.आर. प्रोडक्सनले हालै सार्वजनिक गरेको गायिका सेलिनाको म्यूजिक भिडियोमा सौगात रोका र सरु उप्रेतिले अभिनय गरेका छन् । उनको यो आधुनिक गीतमा लिरिक्स शिवराज योगी र म्यूजिक सन्तोष राजको रहेको छ ।
सांगीतीक क्षेत्रमा चर्चा बटुल्दै गरेकी सेलिनाको यस म्यूजिक भिडियोमा लिरिक्स राम्रा हुनुका साथै शब्द चयन पनि राम्रो भएकोले दर्शक तथा स्रोताहरुको मन छुने विश्वास गरिएको छ । सफल कलाकार हुनका लागि सबैखालका गीत गाउनु पर्छ
भन्ने मान्यता अनुसार स्याड गीत बजारमा ल्याएको र यसलाई पनि स्रोता दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सेलिना सुनाउँछिन् । गाउँ मै एसएलसी उतिर्ण गरेपछि राजधानी छिरेकी सेलिनाले “दिलरानी” गीती एल्बम मार्फत आफ्नो गायन यात्रा थालेकी हुन् । सोही एल्बममा रहेको “मुटु ढुक ढुक” बोलको गीतका कारण एकाएक चर्चामा आएकी सेलिनाले तिज गतिी संग्रह “ब्यूटीफूल” समेत बजारमा ल्याएकी थिइन् । स्वदेश तथा बिदेसमा समेत स्टेज प्रोग्रम गरि सकेकी सेलिनाले भोजपुरी फिल्मका लागि समेत थुप्रै गीत गाइसकेकी छिन् ।