प्रहरीको कामले दण्डहिनता बढेको गुनासो

182
फाइल तस्विर

वीरगंज ३१ भदौ ।
गत शुक्रवार बीरगंज उपमहानगरपालिकामा भएको घटनाको छानविन गर्न मंत्रालयको टोली बीरगंज आइपुगेको छ । टोलीले बिभिन्न ब्यक्तिहरुसंग घटनाको सत्य तथ्यका बारेमा बुझ्ने काम गरिरहेको बताइएको छ । बीरगंज उपमहानगरपालिकाका केही अधिकृतले टोली समक्ष रामदयाल यादवको बचाउमा तर्क गरेका थिए । बचाउ गर्नेले गल्ती स्वीकार गरि माफी मागेर घटना मिलाउन आग्रह गरेका थिए । तर ती अधिकृतको यस्तो आग्रहलाई टोलीले महत्व नदिएको बुझिाएको छ । टोलीले ति अधिकृतलाई आफनो राय दिनु भन्दा पनि घटनाको सत्य तथ्यका बारेमामात्र कुरा राख्न निर्देशीत गरेको थियो । गत शुक्रवार दिउसो साढे १२ बजे आफनो कार्यकक्षमा बसेर नक्साफाँटले तयार गरेको कामलाई अन्तिम स्वीकृति दिने काम गरिरहेका कार्यकारी अधिकृत कोइरालालाई प्रशासकीय अधिकृत रामदयाल यादवले उनकैे कार्यकक्षमा प्रवेश गरी हातपात गरेका थिए । त्यो भन्दा अगाडि बीरगंज उपमहानगरपालिकाले करारमा राखेका सवारी चालकको करार सकिएको र करार थपको टिप्पणी नउठाएको बिषयमा बुझन प्रशासन शाखामा गएका चालकहरु र अधिकृत यादव वीच भनाभन भएको थियो । भनाभनको क्रममा आक्रोशीत चालकहरुले मुड्की बजार्दा यादवको टेवुलको सिसा फूटेको थियो । यही बिषयलाई निहु बनाएर चालकहरुलाई कार्यकारी प्रमुखले पठाएको आरोप लगाउदै यादवले कार्यकारीको कार्यकक्षमा गएर हातपात गरेका हुन ।
सोही दिन बीरगंज उपमहानगरपालिकाले प्रशासकीय अधिकृत यादव र अर्का कर्मचारी मुन्ना चौरसियालाई निलम्बन गरेको छ । उनीहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजfoharनीक अपराध ऐन अन्र्तगत मुद्धा समेत दर्ता भएको छ । प्रशासकीय अधिकृत सोही दिन देखी फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तर चौरसिया बिरुद्ध उजुरी दर्ता भएपनि उनलाई पक्राउ नगरिएकोले प्रहरीको भूमिका प्रति पनि औला ढडिएको छ । चौरसिया दैनीक कार्यालय जाने गरेको उपमहानगर सम्बद्ध स्रोतले जनाएको छ । मुदा दर्ता गरेर अरोपीलाई पक्राउ नगर्ने पर्सा प्रहरीको चालाले दण्डहिनतालाई बल प्रदान गरेको कर्मचारीहरुको टिप्पणी छ । शुक्रवारको घटना पछि बीरगंज उपमहानगरपालिकाको सरसफाईको काम प्रभावित भएको छ । बीरगंजमा दैनीक ६५ टन भन्दा बढी फोहर उत्पादन हुने गरेको छ । त्यो फोहर ब्यवस्थापनमा दैनीक २२ वटा ट्रयाक्टरहरु संचालन हुने गरेका छन । तर ट्रयाक्टरका चालकहरुको करार सेवा थप नभएपछि गत शुक्रवार देखी नै चालकहरुले काम छाडेर बसेका छन । उनीहरुलाई कार्यकारी अधिकृत कोइालाको मौखिक आदेशमा काममा संलग्न नगराइएको निमित्त कार्यकारी अधिकृत प्रकाशमान सिंहले जानकारी दिए । स्थायी चालक पाँचजना मात्र भएको र बाँकी करारमा भएकाले फोहर सकंलनमा प्रयोग हुने सवारीका साधन सञ्चालन हुन नसकेको उनले बताए । घटनाको भोलीपल्टै पर्साका सीडीओलाई ज्ञापन बmुझाएर बीरगंज उपमहानगरपालिकाको आन्तरिक मामलामा आफनो हस्तक्षेप दर्शाउने राजनीतिक दलहरुले शहरको फोहर ब्यवस्थापनको काम प्रभावित भएकोमा भने कुनै चासो देखाएका छैनन । रोजगार गर्दै आइरहेका १६ जना चालकहरु बेरोजगार भएको अवस्था प्रति राजनीतिक दलहरुले गम्भिरतापूर्वक सोच्नु पर्ने उनीहरुको भनाई छ ।