संविधान संशोधन विरबलको खिचडी जस्तै ः नेता यादव

121

वीरगंज ३१ भदौ ।
संघिय नव विचार समूहका नेता राजकुमार यादवले संविधान संशोधन भनेको विरबलको खिचडी जस्तै भएको बताएका छन । पर्साको लंगडीमा संघिय नव विचार समूहद्वारा शुक्रवार आयोजित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले तराई मधेशबाट एमाले, कांगे्रस र माओवादी लगायत मधेश विरोधी तत्वहरु विसर्जनवादको बाटो तिर गई रहेको बताए ।
उनले २०७३ को संविधानको अवहेलना गर्ने एमाले कांगे्रसको रणनीति रहेको बताउदै एमाले कांग्रेसले रहरले नभई बाध्यताले संघियतालाई स्वीकार गरेको आरोप लगाए । इस्लाम मियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघिय नव विचार समूह पर्साका संयोजक सरिफ अहमद, रामबाबु राउत कुर्मी, नथुनी कुशवाहा, अजय मिश्र, चोकट गिरी, दिपनारायण रौनियार, अच्छेलाल साह, रमेश यादव, योगेन्द्र चौरसिया, टंक राज शर्मा, लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
यसैविच कार्यक्रममा संघिय समाजवादी फोरम नेपालको जिल्ला सल्लाहकार अखिलेश यादव, जंग पटेल, कैलाश यादव, नसरुद्दिन मिया, करिमन यादव, नरेश यादव, रामचन्द्र यादव, जुलमान मिया, महिला नेतृ लालसा देवी साह, तेतरा खातुन, हुनसरी देवी साह, सिता देवी पासवान, ज्ञानजु देवी लगायतका १ सय जना भन्दा बढी विभिन्न पार्टी परित्याग गरी संघिय नव विचार समूहमा प्रवेश गरेका थिए ।