पोखरीमा बिष हाल्दा २७ लाख मुल्य बराबरको माछा नष्ट

644

वीरगंज, ४ असोज । पर्साको गाबिस वगहीमा रहेको एक पोखरीमा अज्ञात समुहले बिष हाल्दा करिव २७ लाख मुल्य बराबरको माछा नष्ट भएको छ । बगही गाउँ देखि पश्चित तर्फ ईनार्वा गाँउ जाने बाटोमा पर्ने सो पोखरीमा बिष हालिएको स्थानीय अनिल साहले बताए ।
१० कट्ठा क्षेत्रफलमा निर्माण भएको पोखरिमा ९ लाख माछाको भूरा राखिएको थियो । ९ लाख भूरा माछाको मूल्य २७ लाख रुपैया भएको पोखरिका संचालक हरीशंकर महतोले बताunnamed-3ए । महतोले गत बर्ष मात्रै गाबिसको एलानी जग्गामा पोखरी खनाी माछा पालेका थिए । उनले पोखरी खन्न ४ लाख भन्दा बढी खर्च भएको बताउदै ६ बर्ष सम्मको लागि जिम्मा पाएको पोखरीबाट अहिले सम्म एक पटक मात्र माछा मारेको बताए
। महतोले वगही वडा नं। ८ ईर्नावाका हृदयनारायण पटेल बिरुद्ध किटानी जाहेरी दिएको बताए । हृदयनारायण पटेल फरार रहेकोले उनको छोरालाई प्रहरीले पक्राउ गरेको महतोले बताए । गत बर्ष मात्रै बगही गाबिस निवासी गेनालाल पटेलको पोखरीमा अज्ञात समुहले बिष हाल्दा लाखौ मुल्य बराबर माछा नष्ट भएको थियो ।