मंचको अध्यक्षमा गुप्ता

317

वीरगंज ४ असोज ।
सदभावना पार्टी वीरगंज वडा न।६ मा महिलाहरूको भेलाले गीता गुप्ताको अध्यक्षतामा २१ सदस्यीय सदभावना महिला मञ्च गठन गरेको छ । नव गठित मंचको उपाध्यक्षमा मिनाक्षी गुप्ता ,सचीवद्वय मा बिना देबि,गुन्जन गुप्ता ,सह–सचीवमा सुलोचना देबि, कोषाध्यक्षमा आशा गुप्ता सदस्यहरुमा ,पुजा गुप्ता ,पिन्की गुप्ता,सकुन्तला चौरसिया,रितु चौरसिया ,संगीता पटेल ,रीना गुप्ता,रुपा गुप्ता ,बेबि गुप्ता ,गीता देबि,सैबुन खातुन,मनिसा,मन्जु गुप्ता,सुधा गुप्ता,रब्या खातुन,आसो गुप्ता लगायतका रहेका छन् ।
महिला मञ्च वीरगंजकी नगर अध्यक्ष सुनिता रौनियारको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य निजामोदिन समानी,जिल्ला सचिव राजेस साह, वीरगंज नगर अध्यक्ष ओमप्रकास सरार्फ,महिला मंच पर्साकी अध्यक्ष रेखा साह,क्षेत्र न।१ का प्रभारी जलेश्वर सरार्फ,क्षेत्र न।२ को प्रभारी ईश्वर यादव,युवा नेता ध्रमेन्द्र पटेल लगायतका सहभागीता रहेको थियो ।