प्रेस मंचको अध्यक्षमा ठाकुर

145

वीरगंज ६ असोज
प्रेस मंच नेपालको पर्सा शाखा बिजय ठाकुरको अध्यक्षतामा गठन भएको छ । सदभावना पार्टी पर्साको कार्यालयमा भएको पत्रकारहरुको भेलाले जिल्ला शाखा गठन गरेको हो । मंच पर्साको उपाध्यक्षमा राजु साह, नन्दकिसोर गिरी, सचिव दिपक चौरसिया,सहसचिव राम मण्डल, कोषाध्यक्ष सोयता सहनी, सह कोषाध्यक्ष कृष्णा यादव, कार्य समिती सदस्यहरुमा चन्द्रिका पटेल, मनोज राम, साबिर हवारी, अजहर हवारी, मुन्ना सर्राफ, धिरेन्द्र ठाकुर, आनन्द पटेल,जाकिर हुसेन, मुन्ना ठाकुर, अबिनास झा, रिसव ओझा र केन्द्रिय प्रतिनिधी एसएमजहाँगस्त (गुडु) लगायत रहेको प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले बताए । सो अवसरमा सदभावना पार्टीका केन्द्रिय सह महासचिव अधिवक्ता सुरेन्द्र कुर्मीले समाजमा रहेका विकृति एवं ओझेलमा परेका समस्याहरुलाई उजागर पत्रकारहरुसंग आग्रह गरेका थिए । कार्यक्रममा सदभावना पार्टी पर्सा क्षेत्र नं. २ का प्रभारी ईश्वर यादव, युवा नेता धर्मेन्द्र पटेल, महिला मंच पर्सा अध्यक्ष रेखा साह, सदभावना पार्टी वीरगंज नगर ,उपाध्यक्ष सुरेश साह कान,मजदुर मंच पर्सा अध्यक्ष दिनेश चौरसिया, युवा मंच पर्सा सचिव अनिल साह ,प्रेस मंच नेपाल बारा शाखा अध्यक्ष अनिल वर्मा, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।