१५ दिने निःशुल्क तालिम शुरु

242

वीरगंज ८ असोज ।
वीरगंज महिला जागरण समाज पर्साले १५ दिने निःशुल्क तालिम सञ्चालन गरेको छ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले २० जना महिलाहरुलाई सिप विकास तालिम सञ्चालन गरेको वीरगंज महिला जागरण समाजकी अध्यक्ष कविता खडकाले बताईन् ।
चाडपर्वलाई लक्षित गरि सिप विकासको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाई महिला उद्यमी तयार गर्नका लागि तालिम सञ्चालन गरेको हो । सिपको अभावमा विदेशबाट लाखौँ मुल्यका समाग्री भित्रिरहेको अवस्थामा थोरै भएपनि सिप विकासलाई प्राथमिकतामा राखेर सिप सिकाउन थालेकोमा आफलाई निकै खुशी लागेको सिप सिकिरहेकी श्रीपुर १४ की पिंकी कुमारी वर्णवालले बताईन् ।
तालिम पश्चात बेरोजगार रहेका महिलाहरुलाई रोजगार प्रदान गर्ने योजना बनाउने आयोजक संस्थाले जनाएको छ । तालिममा प्रशिक्षण सरस्वती भट्टराई, सिलु गौतमले दिएका छन । तालिम अन्तर्गत खेलौँना, कुसन र घरायसी सजावटका समाग्री निर्माणको सिप सिकाई रहेको छ । तालिममा सिमा साह, सलोनी गुप्ता, सुमन खरेल, पिंकी बर्णवाल, सबनम भट्टराई, विमला गुप्ता, शोभा द्यमला, पुर्निमा कुमारी साह, ज्योति कुमारी वर्णवाल, अमृता यादव, निशा जैशवाल, सन्धया पौडेल, निकिता गुप्ता, दिपिका श्रेष्ठ, सावित्री देवी, शुसिला राई, रचना यादव लगायत सहभागी छन ।