अव देखी नो वर्क नो पे

847
फाइल तस्बिर

उद्योग व्यवसायमा अबदेखि बन्द–हड्ताल गर्न कानुनी रुपमै प्रतिबन्ध लागेको छ। संसदको पूर्ण सदनबाट बिहीबार पारित ‘औद्योगिक व्यवसायसम्बन्धी ऐन’ ले यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार उद्योगको सञ्चालन तथा उत्पादनमा असर पर्ने गरी बन्द–हड्तालजस्ता काम कारवाही गर्न पाइने छैन।

२४ वर्षपछि आएको उक्त ऐनको औद्योगिक जनशक्ति र श्रमिकको अधिकारसम्बन्धी दफामा उक्त व्यवस्था गरिएको छ। यसअघि २०४९ मा ऐन आएको थियो। जुन मुलुकलाई उदारीकरणतर्फ प्रवेश गराउने प्रमुख कानुन थियो।

यसैगरी ऐनले काम नगरेको समयमा ज्याला दिनु नपर्ने व्यवस्था पनि गरेको छ।