सभासद यादवले बिर्सिए आफनो प्रतिवद्धता

224

वीरगंज, १५ असोज । पर्साको क्षेत्र नं २ बाट निर्वाचित सभासद बिचारी यादवले दोश्रो सम्बिधान सभा निर्वाचनमा आफना तर्फबाट जारी गरेको घोषणापत्र बिर्सिएका छन । उनले जारी गरेको घोषणा पत्रमा गरिएका बाचाहरु पूरा हुन सकेका छैनन । उनले जारी गरेको घोषणा पत्रको सातौ नम्बरमा खुला दिशामुक्त क्षेत्र घोषणाको काम गर्नकालागि बिशेष योजना बनाइने उल्लेख गरिएको छ । तर यादव निर्वाचित भएपछि यो अभियान संचालन गर्न कुनै पनि काम नभएको स्थानीयहरुले बताएका छन ।
यादवले संसदीय बिकास कोषको केही रकम आफनै वडा प्रसौनी बिर्तालाई केन्द्रीत गरेर बिनियोजन गरे पनि कुनै बेला उनको प्रथामिकतामा खुला दिशामुक्त अभियान उनकै वडामा सफल हुन सकेको छैन । यादवले १४ लाखको हाराहारीमा आफनै गाउमा स्थानीयलाई चर्पी बनाउन पैसा लगानी गर्दा समेत उनको वाड खुला दिशामुक्त हुन नसक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बिज्ञहरु खुलादिशामुक्त अभियान अनुदानका कारण नै असफल हुने गरेको छ । अनुदान दिएकै राम्रो हुन्छ भन्ने ठान्नु नै सभासद यादवको गलत बुझाई भएको बिज्ञको राय छ । पहिलो अभियान असफल भएपछि नै यादवले आफनो घोषणा पत्रको यो प्रतिवद्धता बर्सिएका हुन ।