ज्ञान बाटिकमा अहिंसा दिवस

129

बिरगंज, १६ असोज , अन्तर्राष्ट्रिय अहिंसा दिवस वीरगंजमा पनि मनाइएको छ । ज्ञान वाटिका अंग्रेजी बोर्डिङ्ग उच्च माध्यमिक स्चूलको आयोजनामा आज स्कुल परिसरमा एउटा कार्यक्रम बीच अन्तर्राष्ट्रिय अहिंसा दिवस मानिइएको हो ।
स्कुलका संस्थापक हरिहर यादव र कोशिश समुहका संस्थापक मदन गुप्ताले शान्तिको प्रतीक परेवा उडाएर विश्वमा स्थायी शान्तिको कामना गरेका थिए ।
संस्थापक हरिहर यादवले शान्तिको स्थापनाको लागि भित्रि शान्ति आवश्यक रहेको बताए । उनले सबै मिलि विश्वमा चलिरहेको विभिन्न हिंसात्मक गतिबिधिहरुलाई जोड दिए । उनले शान्तिबाटै देश विकास सम्भव हुने भएकोले शान्तिको बाटो पहिल्याउन सबैलाई आग्रह गरे ।
त्यस्तै कोशिश समुहका संस्थापक मदन गुप्तले शान्तिपूर्ण वातावरणको लागि मनोवृत्ति परिवर्तन गर्नु आवश्यक बताए ।
कार्यक्रममा स्कुलकि प्रधानअध्यापक डा। अन्जु यादव वाटिका ग्रुपका प्रमुख कार्यकारी अधिकृत डा। अनुज यादव स्कुलका शिक्षकहरु सोनालाल कुसवाहा, सुनिल यादव, सरिता थापा, निता घिमिरे, मुकेश मिश्रा, श्रृष्टी उपाध्याय, निर उपाध्याय, प्रियंका चौहान, अरुणा गुप्ता, साजान हवारी लगायतको उपस्थिति रहेको स्कुलका संयोजक आशु सर्राफले बताए ।