विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित

235

kishor-shresta-1

ठमाडौं, १९ असोज । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

मंगलबार साइप्रसमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनबाट वरिष्ठ पत्रकार श्रेष्ठ उपाध्यक्षमा सर्वसम्मत छानिनुभएको हो ।

श्रेष्ठ यसअघि काउन्सिलको उपाध्यक्ष हुनुहुन्थ्यो । प्रथम उपाध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले समर्थक, शुभेच्छक तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

kishor-shresta

उहाँले लेख्नुभएको छ- ‘बिश्व प्रेस काउन्सिलको चुनाव भर्खरै सम्पन्न भयो । आजसम्मका महासचिव ७३ बर्षीय क्रिश कोनिबियर (हवाइ,अमेरिका) लाई हराएर साइप्रसकी प्रोफेसर डा सुले अकर अध्यक्ष चुनिइन् । बूढा बा’हरुको समेत समर्थनमा म सर्वसम्मतिले दोस्रो पोजिशन अर्थात प्रथम उपाध्यक्ष छानिएँ । शुभेच्छाको निम्ति आभार । तपाइँहरु सबैलाई हार्दिक बधाइ । यो यात्रामा मलाई हरतरहले साथ दिने प्रेस काउन्सिल नेपाल परिवारलाई साधुवाद ।’